News Portal

सुर्खेत मालपोतप्रकरण: जग्गा नाममा लिने मुख्य व्यक्तिसहित १० जना पक्राउ

हिमालीसंचार संवाददाता
५५८ पटक

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि उक्त कार्यमा संलग्न व्यक्तिउपर कारबाहीको माग गर्दै रावतले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगी सम्बन्धी कसुरमा मुद्धा दर्ता गराएका थिए।

सोही मुद्धाको आधारमा उनिहरुलाई छानविनका लागि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा सौगात रावतको नामबाट आफ्नो नाममा नामसारी लिने दैलेख महाबु गाउँपालिका–३ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्दै आएका सहबीर कार्की, जग्गा नामसारी गर्दा किनाराका साक्षी बस्ने नारायण थापा र चादनी वली, सहबीर कार्कीको नाममा जग्गा नामसारी भइसकेपछि उनको एक कित्ता आफ्नो नाममा लिने छत्र बहादुर थापालाई बुधबार राती १२ बजे पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

यस्तै, मालपोत कार्यालय सुर्खेतका कम्प्युटर फाँटका लक्षमण राना र दिपेन्द्र श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् भने, यसअघिनै नायव सुब्बा विश्वरुप सावद र लेखापठी व्यवसायी अम्मरसिं कटुवाल पक्राउ परेका थिए। जग्गा नामसारिका लागि सिफारिस गर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का कार्यवाहक वडाअध्यक्ष राम प्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

जग्गा धनीलाई थाहै नदिई जग्गा खरिद–विक्रि भएको अवस्थामा सरकारी कागज किर्ते र ठगी मुद्धा हुन्छ। सरकारी छाप, फाईल, महत्वपूर्ण सरकारी कागजातको दुरुपयोग गरेको खण्डमा उक्त कार्यमा संलग्न वडा कार्यालय, नापी कार्यालय हुँदै मालपोत कार्यालयका कर्मचारीसम्म कारवाहीको भागिदार हुन्छन्।

जग्गा नामसारि र कित्ताकाट गर्दा, जग्गा खरिद बिक्रीको स्वीकृति नगरपालिका र वडा कार्यालयबाट भएको छ वा छैन, जग्गाधनी श्रेस्ता र पुर्जामा कसको फोटो टाँसिएको छ, जग्गाधनीको नागरिकताको फोटोकपी संलग्न रहेको छ छैन, रजिष्ट्रेसन डायरीमा सबै रेकर्ड दर्ता छ छैन, तयार भएको लिखतमा मोठ र रोक्का भिडाउँदा कसरी भिडाइयो ? भिडाउने फाँटवाला कर्मचारीको नाम, पद, सहिछाप र मिति छ छैन, मोठ रोक्का भिडाइ सकेपछि नापी कार्यालयलाइ आदेश दिने कर्मचारीको नाम, पद र सहि छाप छ छैन, त्यसको लगत कार्यालयको अभिलेख रजिष्ट्रेसन फाँटमा राखिएको छ छैन, नापी कार्यालयमा लिखत पुगेपछि श्रेस्तामा वा स्थलगत कित्ताकाट हुँदा खरिद बिक्रीकर्ता दुवैजनाको रोहवर सहिछाप भएको छ छैन, कित्ताकाट गर्ने अमीन र कार्यालय प्रमुखको प्रमाणित छ छैन, लिखत तयार गर्दाका साँक्षी र पारित गर्नु पुर्वका सनाखत साँक्षीहरुको नाम, थर, वतन, नागरिकता प्रमाणपत्र नम्बर, सहिछाप छ छैन, सम्पुर्ण रुपमा लिखत तयार भई पारितको लागि योग्य भएपछि त्यसमा फाँटवाला, तहरीर पारित कर्ता कर्मचारीको प्रमाणित भएको छ, छैन, लिखत पारित भएपछि दाखिल खारेज गर्दा श्रेस्ता पुर्जा तयार गर्ने र प्रमाणित गर्ने कर्मचारीको नाम, थर दर्जा र अधिकार प्रत्यायोजनको अवस्था के कस्तो छ लगायतका कुराहरुमा अनुसन्धान गर्नुपर्ने अधिवक्ताले बताएका छन्।

यसमा संलग्न सम्बन्धित सबै फाँट, कार्यालय र व्यक्तिहरु अनुसन्धानको दायरमा ल्याई छानबिन गरि सर्वसाधारणमा भएको जग्गा किर्तेसम्बन्धि मालपोतप्रति अविश्वास हटाउनुपर्ने सुझाव उनिहरुको सुझाव छ। जग्गाधनी सौगात रावतले आफै उपस्थित भएर डिजिटल औठा छाप र फोटो खिचाएको कुरा संचारमाध्यामा आएपछि उक्त फोटो र डिजिटल औंठा छाप सुरुवातमा दिपकसिंङ रजवारबाट जग्गा आफ्नो नाममा नामसारि गर्दा मिति २०७६ मंसिर १ गते लिइएको पुरानो तस्वीर र औठा छाप भएको बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...