News Portal

मोरङमा वीर निर्माण सेवाले समय भन्दा ५ महिना अगाडी नै कालोपत्रेको काम सम्पन्न

हिमालीसंचार संवाददाता
४०२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, स्थित  मधुबनी चोकदेखि सिमावर्ति क्षेत्र जोड्ने सडक खण्ड कालोपत्रे गर्ने  अवधारणा सहित नगरपालिकाले पहिचरणमा १ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्मपन गरेको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरीवक्षण तथा अनुगमन कार्यालय इटहरी र  सडक डिभिजन बिराटनगरको आयोजनामा उक्त सडकमा कालोपत्रेका लागि १ करोडौं ४७ लाख ७१ हजार ९ सय १९ रुपैयाँको लागतमा सो सडक कालोपत्रेको काम सम्पन्न भएको छ। 

सो सडक वीर निर्माण सेवा रतुवामाईले २०७७ साउनमा ठेक्का सम्झौता गरेको र चैत्र मसान्तसम्म निर्माणकार्य सम्पन गर्नु पर्ने भएता पनि उक्त कम्पनीले पाँच महिना अगाडी नै सो सडकमा कालोपत्रे गर्ने काम सम्पन्न गरेको वीर निर्माण सेवाका प्रमुख निर्मल भट्टराईले बताए । सो कम्पनीले रंगेलीका वडा नम्बर ८ मा समेत काम समय अबधि भन्दा पहिले नै कालोपत्रेको काम सम्पन्न गरिने भट्टराईले बताए । 

पछिल्लो समयमा नगरपालिका र गाउँ पालिकाहरुका ठेक्केदारहरुको ढिलासुस्तीका कारण ठेक्का सम्झौता भन्दा ढिलो काम सक्ने ठेक्केदारहरुले पनि समय अबधि भन्दा छिटोछरितो काम सके स्थानीय लाभान्वित हुने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...