News Portal

मालपोत प्रकरण: सूचना लुकाउछन् सुर्खेत प्रहरी

हिमालीसंचार संवाददाता
५५१ पटक

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सूचना लुकाउनमा सक्रियता देखाएको छ। मोबाइल नम्बर ९८५८०६६०५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीले प्रयोग गर्ने नम्बर हो भने, ९८५८००५५५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपीले प्रयोग गर्ने सम्पर्क नम्बर हुन्।

कार्यालयसँग सम्बन्धित सूचना तथा आधिकारिक जानकारीका सम्बन्धमा जिम्मेवार पद सूचना अधिकारी र कार्यालय प्रमुख भएपनि जिप्रका सुर्खेतले भने सूचना दिन आनाकानी गरेका हुन्। जसले गर्दा जिप्रका सुर्खेतको कामकारबाहीप्रति आशंका पैदा भएको छ।

केही दिन मालपोत प्रकरणका सम्बन्धमा मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र लेखापढी व्यवसायी अम्मरसिंह कटुवाललाई प्रहरीले नियन्त्रणमा लियो तर, हालसम्म पनि प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन भने, मंगलबार दिउँसो प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ।

मंगलबार थप दुई जना पक्राउ परेको सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए। तर, उनले नाम सार्वजनिक गरेनन्। जग्गा विवादका विषयमा हालसम्म ४ जना पक्राउ परेका छन्। नाम एकछिन पछि फोन गरेर टिपाउछु।’ डिएसपी घर्तीले फानेमा भने। उनको टेलिफोनको प्रतिक्षापछि पटकपटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्।

डिएसपी घर्ती फोन सम्पर्क आएनन् भने, जिप्रका प्रमुख एसपीले पनि ‘थप दुई जना पक्राउ परेका हुन्। विस्तृतमा बुझेर सम्पर्क गर्छु’ भने। त्यसपश्चात उनी पनि सम्पर्कमा आएनन् अर्थात उनलाई सम्पर्क गरेको टेलिफोन नै रिसिभ भएन।

प्रहरीले छानविन वा, आरोपमा कुनैपनि व्यक्तिलाई नियन्त्रणमा लिएर सार्वजनिक नगर्नु गैरकानूनी थुनामा राखेको अधिवक्ता दुर्गा सापकोटाले बताए। ‘प्रहरीले कुनैपनि व्यक्ति पक्राउ गरेपछि सार्वजनिक गर्नुपर्छ’ अधिवक्ता सापकोटाले भने, ‘यदि सार्वजनिक गर्न नमिल्ने हो भने, कारण खुलाउनुपर्छ तर, सार्वजनिक पनि नगर्ने र सम्पर्क नआउने कार्य गरिनुहुदैन।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...