News Portal

सत्तादेखि सडकसम्म बुर्जुवा कम्युनिस्ट

प्रदिप सुनुवार
८५१ पटक

सात दशक भन्दा लामो नेपाली राजनीतिक पेरिफेरिमा जनताले आशाको सपना देख्नुको विकल्प भन्दा केही रहेन। यो अवधिमा देशमा धेरै व्यवस्था र शासक फेरियो तर जनताको अवस्था फेरिएन। जसले जनतालाई ठुलाठुला सपना बाड्न पछि परेनन् आज उनीहरुले नै ती सपनाहरु पूरा हुन नदिन लागि परेका छन।

दशवर्षे जनयुद्ध पछिको शान्ती सम्झौताहुँदै संविधान निर्माण पश्चात् र संसदीय निर्वाचनबाट दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार। सबैलाई लागेको थियो अब चमत्कार हुनेछ। हामीले सोचेको भन्दा विपरीत हुन गयो आज। कम्युनिस्टका ठुलाठुला सपनाका नाराहरु तेसैमा मख्ख सारा जनता। बहुमतको सरकार काम गर्न नसकेपछि आफैआफैमा खिचातानीको परिणाम संसद विघटन हुन पुगेको अवस्था छ ।

दोष न त जनताको हो न त प्रतिपक्षी दलको हो। अचम्म लाग्छ दुई तिहाईको सरकार सत्तामा पनि छ सडकमा पनि छ। प्रतिपक्षीको काम पनि आफै सत्ताको पनि आफै। सत्तामा हुने कम्युनिस्टले सडकमा बस्ने गलत हुन भन्दैछन उता सडकमा बस्ने कम्युनिस्टहरु सत्तामा बस्ने गलत हो भनी आन्दोलन गर्दैछन। केही समय अघि दुबै एक साथ हुँदा सहि, सत्य, गुणयुक्त नै थिए।

अब हामीले कुरा बुझ्नुपर्छ कि आफ्नो विचको मत भिन्नतामा असत्य र आफूहरु विचको सहमतिमा सत्य हुने भनेको हामी जनतालाई कठपुतली बनाउने काम भन्दा के हुन सक्छ ? आज यो देशको दलहरू र यसका नेताहरूलाई जनताको होइन पार्टीको सत्ता र देशको सत्ता कब्जा गर्न चिन्तित छन। आजको यो परिस्थिति हुनुमा जनताको हितका लागि नभएर आफ्नो सत्ता र पदको लोभमा यो अवस्थाको सिर्जना भएको हो।

श्रमिक सर्वहारा जनताको नारा मात्र लिने व्यवहारमा सामन्त र बुर्जुवा भनिएकाहरु भन्दा पनि उच्च स्थानमा रहेको देखिन्छ। सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने कम्युनिस्ट आज आफै बुर्जुवा व्यबहार गर्ने भएका छन। नेपालमा कम्युनिस्ट विचार र आचरण भएको व्यक्तिहरु छन तर राजनीतिक पार्टी छैन।

हिजो एमाले कम्युनिस्ट सिद्धान्तबाट स्खलित भयो भन्दै जनयुद्ध सुरु भयो। विकल्पमा आएको आन्दोलनको विसर्जन पनि त्यही कम्युनिस्ट सिद्धान्तबाट स्खलित भएको पार्टीमा गएर हुँदा के अर्थ भयो। निर्वाचन अघि र पछि पनि ओलि सरकार रेल आउँछ यहाँ जहाज आउछ भन्दै गर्जिन कुनै कन्जुस्याइँ गरेनन्। तर आज यो कुरा चुटकिल्ला कै रूपमा सावित भएको छ।

नेकपाको हवाई जहाजका दुई कोपाइल्ट बिचको दोहोरीले उडान स्थगित भएको छ। नेकपा एकता नै एक गाईजात्रा थियो। किनभने एउटा पार्टीमा दुई अध्यक्ष कहि नभएको र अव्यावहारिक थियो। नेपाल अरु दल जति छन त्यहीँ बराबरमा कम्युनिस्टको नाम गरेका दल छन। सबैले मेरो पार्टी कम्युनिस्ट पार्टी हो अरु दलाल र गद्दार हुन भन्ने गर्छन।

वास्तविक कम्युनिस्ट नेता भए त आफ्नो स्वार्थ भन्दा माथी हुनेथिए। आजको यो किचलो भनेको दुई अध्यक्ष बीचको व्यक्तिगत स्वार्थ र अहम नै हो। यिनीहरुले देश र जनताको हितको निमित्त यो कदम चालेको होइन। काङ्ग्रेसले बिगारेको भत्काएको देशलाई द्रुतगतिमा चलाउछौ भन्ने कमरेडहरुले पनि देश हाकेको देख्दैछौ ।

आज नेपालका कम्युनिस्टहरु दलाल, भ्रष्टाचारी, माफिया, तस्करहरुको मोह जालमा चुर्लुम डुबेको छ। यस्तो संगतमा फसेको पार्टी र नेता बाट सकारात्मक व्यबहार र विचारको अपेक्षा गर्नु नै गलत हुन्छ। कम्युनिस्टहरुले सिद्धान्तको धेरै पानाहरु जनता माझ पसारे पनि व्यवहार उतार्न सकेनन्। आज विश्वभरबाट नै कम्युनिस्ट राजनीति धरासाही बनेको छ। यसको मुल कारण शास्त्रीय सिद्धान्तलाई मुल आधार मान्नु नै हो। बदलिँदो परिवेशमा भौतिक परिवेशलाई बुझन नस्कनु हो।

एक समय एक खालको परिवेशमा निर्माण गरिएको सिद्धान्तलाई सदाबार चलायमान बनाउनु खोज्नु नै ठुलो मुर्खता देखिन्छ। विश्व नै कोभिड महामारीबाट आर्थिक र भौतिक रुपमा कमजोर भएको स्थिति छ। आज विश्व नै चिन्तित छ तर नेकपाको सरकारलाई कुर्सी जोगाउनु नै मुख्य विषय बनेको छ। जनताले दिएको मतबाट बिजय भइ आज जनता माथी नै चरम शोषण गर्दैछन्। नेताले जे गरेपनी जनताले सहि मान्नु पर्ने हिजो एकता गर्दा पनि ताली बजाउनु पर्ने आज एकता भङ्ग गर्दा पनि सहि मान्दै ताली मार्नु पर्ने।

नेता सधै सहि हुन्छन, जनतालाई त्यो छुट छैन कि उसले सहि र गलत भन्न पाउने। जनताको भावना र मतको दुरुपयोग गर्ने यी बुर्जुवा कम्युनिस्टहरुलाई जनताले पाठ पढाउनु जरुरी छ। जो सत्तामा छ उ मात्रै गलत होइन आज सडकमा उफ्रने पनि हिजो सत्तामा नै थिए। अरुको आलोचना मात्रै गरेर उ सत्य सावित हुदैन। उसले आत्म मूल्याकंन र आत्म आलोचना पनि गर्न सक्नुपर्छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...