News Portal

सुनवर्सिमा विराटनगरको मेरिलेण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थी घाइते

हिमालीसंचार संवाददाता
४७५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-९, स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुदा ५ जना विधार्थी घाइते भएका छन ।         

विराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै बिहानै ६ बजे डाइनियाबाट  रंगेली  तर्फ विधार्थी लिई आउदै गरेको बा २ ख ४५८ नम्बरको विराटनगरको मेरिलेण्ड कलेजकलेज बस आफै अनियन्त्रित भई पल्टिँदा बसमा सवार रतुवामाई ३ बस्ने १७ बर्षिया रेजिना घिमिरे, १६ बर्षिया शर्दा भट्टराई, १६ बर्षिया मनिषा राजवंशी, १६ बर्षिया निसा ताजपुरिया र १६ बर्षिया बिसाल कुमार मण्डल घाइते भएका छन ।

घाइते विधार्थीहरुलाई मकालु अस्पताल विराटनगर तर्फ उपचारको लागि पठाएको  प्रहरीले जनाएको छ ।  बस चालक रतुवामाई नपा ६ बस्ने ३१ बर्षको धर्मेन्द्र बर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको अनमोल खड्काले बताए । यता  मेरिल्याण्डका निर्देशक भेषराज पोखरेलका अनुसार ३ जना विद्यार्थी सामान्य घाइते रहेको बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...