News Portal

संगीतकार गणेश परियारको निधन

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौँ – संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा झण्डै ४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड भएका हजारौं लोकगीतका लागि उनले संगीत संयोजन गरेका थिए भने, दर्जनौं आधुनिक गीतका लागि संगीत भरेका थिए। त्यसै गरी सयौं गीतका लागि भ्वाइलिनवादन गरेका थिए।

उनले तत्कालीन शाही नेपाली सेनाको हवल्दार भएपछि संगीतकर्मकै लागि जागिर छोडेका थिए। उनी सेक्सोफोन र गिटार बजाउनसमेत उत्तिकै सिपालु थिए। २०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर शुरु गरेका परियारले २०१९ सालदेखि नै रेडियो नेपालमा करार सेवाअन्तर्गत वाद्यवादकको काम थालेका थिए।

संगीत भर्ने र संगीत संयोजन गर्नेबाहेक उनले लय तथा शब्द संकलन पनि गर्दै आएका थिए। उनी २०५० सालमा म्युजिक नेपालमा संगीत निर्देशक/संयोजकका रूपमा आबद्ध भएका थिए। अरुणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठकलगायतका संगीतकर्मीसँग उनी नजिक थिए।

परियारले नातिकाजी, शिव शंकर, बच्चु कैलाश, गोपाल योञ्जन, धर्मराज थापा, शम्भुजित बास्कोटा, टीका भण्डारीलगायत नेपालका अधिकांश संगीतकारको गीतमा संगीत संयोजकको अभिभारा सम्हाले थिए। हाल संगीत संयोजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन्।

प्रतिकृया दिनुहोस्

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...