News Portal

संगीतकार गणेश परियारको निधन

हिमालीसंचार संवाददाता
४१५ पटक

काठमाडौँ – संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा झण्डै ४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड भएका हजारौं लोकगीतका लागि उनले संगीत संयोजन गरेका थिए भने, दर्जनौं आधुनिक गीतका लागि संगीत भरेका थिए। त्यसै गरी सयौं गीतका लागि भ्वाइलिनवादन गरेका थिए।

उनले तत्कालीन शाही नेपाली सेनाको हवल्दार भएपछि संगीतकर्मकै लागि जागिर छोडेका थिए। उनी सेक्सोफोन र गिटार बजाउनसमेत उत्तिकै सिपालु थिए। २०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर शुरु गरेका परियारले २०१९ सालदेखि नै रेडियो नेपालमा करार सेवाअन्तर्गत वाद्यवादकको काम थालेका थिए।

संगीत भर्ने र संगीत संयोजन गर्नेबाहेक उनले लय तथा शब्द संकलन पनि गर्दै आएका थिए। उनी २०५० सालमा म्युजिक नेपालमा संगीत निर्देशक/संयोजकका रूपमा आबद्ध भएका थिए। अरुणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठकलगायतका संगीतकर्मीसँग उनी नजिक थिए।

परियारले नातिकाजी, शिव शंकर, बच्चु कैलाश, गोपाल योञ्जन, धर्मराज थापा, शम्भुजित बास्कोटा, टीका भण्डारीलगायत नेपालका अधिकांश संगीतकारको गीतमा संगीत संयोजकको अभिभारा सम्हाले थिए। हाल संगीत संयोजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...