News Portal

नारायणकाजी श्रेष्ठले मागे प्रधानमन्त्री ओलीको राजीनामा

हिमालीसंचार संवाददाता
४८६ पटक

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने श्रेष्ठको तर्क छ। उनले यो कुरा दाङ जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै ओली प्रधानमन्त्री भइरहन नमिल्ने बताएका हुन्। ‘उहाँ आफैँले प्रतिनिधि सभा विघटन गर्नुभयो। प्रतिनिधि सभा नभएको अवस्थामा उहाँ प्रधानमन्त्री भइरहन मिल्छ? जे गरे पनि हुन्छ? पेल्ने?,’ उनले भने, ‘जवरजस्ती गर्ने? जे गरे पनि हुने?’

उनले ओली सरकार कामचलाउ भएको पनि बताएका छन्। ‘न राष्ट्रपतिले काम चलाउ भन्नु छ। न आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु छ,’ ओलीप्रति लक्षित गर्दै उनले भने। आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीले लोकतन्त्र र संविधान नचाहिनेजस्तो गरेको उनले बताएका छन्।

‘आफू प्रधानमन्त्री नभए पछि त्यो लोकतन्त्र चाहिँदैन, संविधान चाहिँदैन?,’ उनले भने ‘ यही हो केपीको कुरा? एउटा पदका लागि लोकतन्त्र हो? जिन्दगीभर पद दिन यो लोकतन्त्र ल्याएको हो?’ ओलीले पार्टी एकता पनि प्रधानमन्त्रीको पदका लागि गरेको श्रेष्ठको आरोप छ। 

‘आफ्नो पद गुम्न थाल्यो भने पार्टी पनि चाहिएन भनेर पार्टी फूटाउन खोज्ने?,’ श्रेष्ठले प्रश्न गरे, ‘गुट बनाउन खोज्ने, गुटको भेला गर्ने? हैन यो के तरिका हो? यही हो ओलीको बाध्यता। लाज लाग्दैन, सरम लाग्दैन?’ भनेर श्रेष्ठले कडा आलोचना गरेका थिए।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...