News Portal

न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती

हिमालीसंचार संवाददाता
४१८ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो दाबी गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।

उनले भने, ‘न्यायाधीशसँगको भेटबारे के प्रमाणित गर्न सक्छन् ? उनीहरुलाई प्रमाणित गर्नु नै छैन । न्यायालयविरुद्ध हल्ला फिँजाउनु मात्र छ ।’ ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए ।

निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयन विपरीतको काम गरेको समेत उनले आरोप लगाए । बैठकमा उनले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताए ।

आफूले कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाइ थियो । लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेर आफूले काम गरेको समेत बताए । उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...