News Portal

महेन्द्र भण्डारीको लय शब्दमा गायत्री थापाको दशैँ गित “जमरा जौका” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०१९ पटक

राजु बोहरा/काठमाडौँ – जब मलाश्री धुन गुन्जिन सरु हुन्छ, तब मनमा एक किसिमको उमंग पैदा हुने गर्दछ । यतिबेला नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित मालाश्री धुनमा सजिका  धेरै गीत संगीतहरु सार्बजनिक हुने क्रम रहेको छ ।

यस भित्र पनि धेरै गीत संगीतहरु आफ्नै घर परिवार संगै रहेर यो पर्व मनाउन नपाएको पिंडाहरुमा समाबेस भएर आउने गर्दछन् । दशैँ दुख मात्र होइन खुसि पनि हो, जस्तो सुकै मनमा पिंडा भए पनि हर्स उल्लासको साथ् दशैँ पर्ब मनाउन पर्छ भन्ने अभिप्रायले भर्खरै मात्र शिब दर्शन डिजिटल प्रा.लि ले गायत्री थापाको दशैँ गीत “जमरा जौका” सार्बजनिक गरेको छ ।

निकै रमाइलो सैलिमा तयार भएको यस गीतमा खुमन अधिकारी र देबी घर्ति मगरको सुमधुर स्वर रहेको छ । महेन्द्र भण्डारीको लय तथा शब्द सृजनाले सजिएको यस गीतमा निकै लामो समय देखि आफ्नो घर परिवार बाट टाढा रहेका आफ्नो श्रीमान दशैँ मान्न घर आउने भए पछिको श्रीमतीको खुसीको सेरोफेरोमा केन्द्रित रहेको छ ।

गीतको रोमान्चक भाव जस्तै भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । भिडियोमा महेन्द्र गौतम, रिचा थापा, भागवत शाह र अमृता थापाको अत्यन्त आकर्षक अभिनय रहेको छ । मदन खड्का द्वारा निर्देशित भिडियोलाई छायांकन हरिस महराले गरेका हुन् भने सम्पादन प्रविन रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...