News Portal

महेन्द्र भण्डारीको लय शब्दमा गायत्री थापाको दशैँ गित “जमरा जौका” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
९५८ पटक

राजु बोहरा/काठमाडौँ – जब मलाश्री धुन गुन्जिन सरु हुन्छ, तब मनमा एक किसिमको उमंग पैदा हुने गर्दछ । यतिबेला नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीको शुभकामना सहित मालाश्री धुनमा सजिका  धेरै गीत संगीतहरु सार्बजनिक हुने क्रम रहेको छ ।

यस भित्र पनि धेरै गीत संगीतहरु आफ्नै घर परिवार संगै रहेर यो पर्व मनाउन नपाएको पिंडाहरुमा समाबेस भएर आउने गर्दछन् । दशैँ दुख मात्र होइन खुसि पनि हो, जस्तो सुकै मनमा पिंडा भए पनि हर्स उल्लासको साथ् दशैँ पर्ब मनाउन पर्छ भन्ने अभिप्रायले भर्खरै मात्र शिब दर्शन डिजिटल प्रा.लि ले गायत्री थापाको दशैँ गीत “जमरा जौका” सार्बजनिक गरेको छ ।

निकै रमाइलो सैलिमा तयार भएको यस गीतमा खुमन अधिकारी र देबी घर्ति मगरको सुमधुर स्वर रहेको छ । महेन्द्र भण्डारीको लय तथा शब्द सृजनाले सजिएको यस गीतमा निकै लामो समय देखि आफ्नो घर परिवार बाट टाढा रहेका आफ्नो श्रीमान दशैँ मान्न घर आउने भए पछिको श्रीमतीको खुसीको सेरोफेरोमा केन्द्रित रहेको छ ।

गीतको रोमान्चक भाव जस्तै भिडियो पनि निकै उत्कृष्ट बनाइएको छ । भिडियोमा महेन्द्र गौतम, रिचा थापा, भागवत शाह र अमृता थापाको अत्यन्त आकर्षक अभिनय रहेको छ । मदन खड्का द्वारा निर्देशित भिडियोलाई छायांकन हरिस महराले गरेका हुन् भने सम्पादन प्रविन रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...