News Portal

नगरपालिका र फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण, स्वास्थ्य शाखा तालाबन्दी

हिमालीसंचार संवाददाता
४३० पटक

राकम कर्णाली – दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ। नगरपालिका र एक फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण गरिएको विषयलाई लिएर नेपाली कांग्रेससँग आबद्ध व्यक्तिहरुले आईतबार ताला ठोकेका हुन्।

राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीसँगको मिलेमतोमा नगर स्वास्थ्य शाखाले पुस १७ गते ४ नम्बर वडामा म्याद नाघेका विभिन्न १० प्रकारका औषधि वितरण गरेको थियो। उक्त, विषयलाई लिएर पटकपटक कार्बाहीको माग गर्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले ताला लगाएको उनिहरुको भनाई छ।

विद्यार्थी नेता लोकेश आचार्यले भने,‘ एउटा फार्मेसीको अनियमित ढङ्गले लापरबाही गरेको हुँदा हामिले कार्बाहिको माग गर्यौँ। नगरपालिका मौन बसिरहेको छ। कारण, यहाँ पालिका र फार्मेसि दुबैको मिलेमतो भएको स्पष्ट बुझिन्छ।’

जनताको स्वास्थ माथि खेलबाड र अनियमित औषधि बिक्री वितरण पाइन्न। यो छानबिन नगरले गर्न सकेन भने हामी कुनै हालतमा छोड्नेवाला छैनौँ,’आचार्यले भने। स्वास्थ्य शाखाका कर्मचारी र पोलिक्लिनिकको मिलेमतोमा म्याद नाघेका र म्याद नाग्न केही महिना बाँकी रहेका औषधि विभिन्न वडामा वितरण गरिएको स्थानीयको आरोप छ।

म्याद नाघेका औषधि वितरण गरेको पाइएपछि नेपाली कांग्रेसले अनुगमन नै गरेको थियो। सो क्रममा पनि म्याद नाघेकै औषधि खरिद गरिएको पाईएको नेपाली कांग्रेस आठबीसका युवा नेता अर्जूनबहादुर शाहीले बताए।

स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सिना र रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीका सञ्चालक जिवानन्द मेहताको मिलेमतोमा औषधि खरिद गरिएको काँग्रेसको आरोप छ। स्वास्थ्य शाखाले राकमकर्णाली स्वास्थ्यचौकीमा आपतकालीन औषधि भन्दै म्याद सकिएका औषधि पठाएको भन्दै केही समय अघि नै विज्ञप्ति निकालेको थियो।

आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगीले भने,‘साथिहरु स्वास्थ्यको विषय ल्याएर आउनुभएको थियो। ताला लगाएर जानुभयो।’ केही दिन अघिनै नगरप्रमुख ज्युलाई निवेदन दिनुभएको थियो कार्यान्वयन भएन भनेर साथिहरुले ताला लगाउनुभएको हो,’उनले भने।

उनका अनुसार तीन जनाको छानविन समिति केही दिन अघि गठन भएको हो। यद्यपि, उक्त छानविन समितिले गतिलो रिपोर्ट ल्याउन सकेन्। सो क्रममा नगरप्रमुख खड्गराज उपाध्यायले कानुनी प्रक्रिया अनुसार अघि बढ्ने जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...