News Portal

नगरपालिका र फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण, स्वास्थ्य शाखा तालाबन्दी

हिमालीसंचार संवाददाता
४१० पटक

राकम कर्णाली – दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ। नगरपालिका र एक फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण गरिएको विषयलाई लिएर नेपाली कांग्रेससँग आबद्ध व्यक्तिहरुले आईतबार ताला ठोकेका हुन्।

राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीसँगको मिलेमतोमा नगर स्वास्थ्य शाखाले पुस १७ गते ४ नम्बर वडामा म्याद नाघेका विभिन्न १० प्रकारका औषधि वितरण गरेको थियो। उक्त, विषयलाई लिएर पटकपटक कार्बाहीको माग गर्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले ताला लगाएको उनिहरुको भनाई छ।

विद्यार्थी नेता लोकेश आचार्यले भने,‘ एउटा फार्मेसीको अनियमित ढङ्गले लापरबाही गरेको हुँदा हामिले कार्बाहिको माग गर्यौँ। नगरपालिका मौन बसिरहेको छ। कारण, यहाँ पालिका र फार्मेसि दुबैको मिलेमतो भएको स्पष्ट बुझिन्छ।’

जनताको स्वास्थ माथि खेलबाड र अनियमित औषधि बिक्री वितरण पाइन्न। यो छानबिन नगरले गर्न सकेन भने हामी कुनै हालतमा छोड्नेवाला छैनौँ,’आचार्यले भने। स्वास्थ्य शाखाका कर्मचारी र पोलिक्लिनिकको मिलेमतोमा म्याद नाघेका र म्याद नाग्न केही महिना बाँकी रहेका औषधि विभिन्न वडामा वितरण गरिएको स्थानीयको आरोप छ।

म्याद नाघेका औषधि वितरण गरेको पाइएपछि नेपाली कांग्रेसले अनुगमन नै गरेको थियो। सो क्रममा पनि म्याद नाघेकै औषधि खरिद गरिएको पाईएको नेपाली कांग्रेस आठबीसका युवा नेता अर्जूनबहादुर शाहीले बताए।

स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सिना र रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीका सञ्चालक जिवानन्द मेहताको मिलेमतोमा औषधि खरिद गरिएको काँग्रेसको आरोप छ। स्वास्थ्य शाखाले राकमकर्णाली स्वास्थ्यचौकीमा आपतकालीन औषधि भन्दै म्याद सकिएका औषधि पठाएको भन्दै केही समय अघि नै विज्ञप्ति निकालेको थियो।

आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णनाथ योगीले भने,‘साथिहरु स्वास्थ्यको विषय ल्याएर आउनुभएको थियो। ताला लगाएर जानुभयो।’ केही दिन अघिनै नगरप्रमुख ज्युलाई निवेदन दिनुभएको थियो कार्यान्वयन भएन भनेर साथिहरुले ताला लगाउनुभएको हो,’उनले भने।

उनका अनुसार तीन जनाको छानविन समिति केही दिन अघि गठन भएको हो। यद्यपि, उक्त छानविन समितिले गतिलो रिपोर्ट ल्याउन सकेन्। सो क्रममा नगरप्रमुख खड्गराज उपाध्यायले कानुनी प्रक्रिया अनुसार अघि बढ्ने जनाएका छन्।

प्रतिकृया दिनुहोस्

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...