News Portal

ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा, आशन ग्रहणमै लफडा

हिमालीसंचार संवाददाता
३९३ पटक

सुनिल ठाकुर,
मलंगवा – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए।

प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्था लागु गरेर देशलाई प्रतिगमनको दिशामा धकेलेको आरोप उनको छ। पाँच वर्ष देश चलाउनका लागि मत दिएको थियो। प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गर्ने काम गरेका छन्।

जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले ठूलठूला आन्दोलिनबाट प्राप्त भएको उपलब्धिलाई हत्या गर्ने काम गरेका छन्’, उनले भने। ‘ओलीले राणा र राजा जस्तो शासन गर्न खोज्दै छन्। अहिलेको कदम लोकतान्त्रिक मूल्यमान्यता माथिको आक्रमण हो।’

संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेसका जनतालाई विभेद गरेका ओलीले फेरि असंवैधानिक कदम चालेको उनको आरोप छ। प्रचण्ड र ओली बीचको झगडाको कारण जनतालाई दुःख भएको महतोले बताए। लोकतान्त्रको रक्षाको लागि अब फेरि लड्नुपर्ने उनको भनाइ छ।

आशन ग्रहणमै लफडा !
आयोजकले आशन ग्रहणमा मर्यादाक्रम बिगारेको भन्दै एक निर्वतमान सांसद, २ विधायक र एक जना केन्द्रीय सदस्यले मञ्चमा आशन ग्रहण गरेन्। मर्यादाक्रमको ख्याल नगर्दा निर्वतमान संघीय सांसद प्रमोद साह, प्रदेश सांसद संजयकुमार यादव, निराकुमारी साह र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण गरेन्।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...