News Portal

  • लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दिल्लीमा केही बोलेनन् परराष्ट्रमन्त्री ज्ञवाली

    हिमालीसंचार संवाददाता
    ४२० पटक

    काठमाण्डौ – नेपालले सीमाका मुद्धा पनि उठाउने भन्दै तीन दिनका लागि दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा कुनै कुरा उठाउन नसकेको देखिएको छ ।

    चाहे सँयुक्त आयोगको बैठकमा होस्, चाहे भारतीय समकक्षीसँगको भेटमा वा सार्वजनिक कार्यक्रममा मन्त्री ज्ञवालीको मुखबाट कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषयमा उच्चरण समेत नगरेको पाईएको छ ।

    समग्रमा सीमा समस्या भने पनि लिपुलेकमा भारतले अतिक्रमण गरेर नेपाली भूमिमा बनाएको बाटो, नेपालले जारी गरेको नक्सा र भूमि फिर्ताको बारेमा कुनै अभिव्यक्ति दिन नसकेको देखिएको छ । शुरुमा नक्सा ल्याउदा जसरी पनि भूमि फिर्ता गरिन्छ भन्ने प्रधानमन्त्री ओलीको दाबी थियो ।

    तर लामो समय द्धिदेशीय सम्बन्ध नै अवरुद्ध भएर सडकमा जनताको व्यापक आन्द्योलनपछि त्यस्तो प्रतिवद्धता जनाएको सरकारको आधिकारीक प्रतिनिधिले भारतसगँ यस विषयमा छलफल नै गर्न सक्दैनन् भने कसरी भूमि फिर्ता गर्न सक्छ भन्ने चासोको बिषय बनेको छ ।

    मन्त्री ज्ञवालीले दिल्लीमा लामो संवोधन गरेको कार्यक्रममा समेत नियतबस नै नेपालको पुरानो नक्सा राखिएको थियो । जसबारे आयोजकलाई पनि नेपालको तर्फबाट केही भनिएन र मन्तव्यमा प्रतिकृया पनि दिईएन ।

    आज इण्डियन काउन्सिल वर्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा पनि मन्त्री ज्ञवालीले लामो मन्तव्य दिए । तर लिपुलेक, कालापानी, लिम्पियाधुराको बारेमा चर्चा समेत गरेका छैनन् । बरु त्यो कार्यक्रममा राखिएको ब्यानरमा नेपालको नक्सा राखिएको छ तर नेपालले नयाँ नक्सा राखिएको छैन ।

    मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहलाई पनि भेट्ने भनिएको छ । उनी भोली स्वदेश फर्कनेछन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...

    आज २०८२ साल भदौ २७ गतेको राशिफल 

    आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...