News Portal

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा नेविसंघको देशभर दौड जुलुस

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौंं – सरकारविरुद्ध आन्दोलनरत नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आज शुक्रबार देशभर दौड जुलुस निकाल्दै छ। मातृ पार्टी कांग्रेसले शनिबारका लागि घोषणा गरेको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा नेविसंघ देशभर दौड जुलुस निकाल्न लागेको हो।

प्रतिनिधिसभा विघटनविरुद्ध मातृ पार्टीले शनिबारका लागि तय गरेको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा दौड जुलुस निकाल्न लागिएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए।

उनले शनिबारको विरोध प्रदर्शनलाई प्रभावकारी बनाउनका लागि नेविसंघका जिल्ला कार्यसमितिहरुलाई आ–आफ्नो जिल्लाको पायकपर्ने स्थानमा दौड जुलुस निकाल्न परिपत्र गरिएको बताए।

अध्यक्ष ढुंगानाले काठमाडौंमा दिउँसो ३ बजे त्रिचन्द्र कलेजबाट प्रदर्शनी मार्गसम्म दौड जुलुस निकालिने जानकारी दिए। “काठमाडौं शाखाले दिउँसो ३ बजे त्रिचन्द्र कलेजबाट प्रदर्शनी मार्गसम्म दौड जुलुस निकाल्छ। अन्य जिल्लाको हकमा साथीहरुले आफूलाई पायक पर्ने स्थान र समयमा दौड जुलुस निकाल्नुहुन्छ,” उनले लेखाजोखासँग भने।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सरकारविरुद्ध शनिबार ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्दैछ। यस्तै कांग्रैसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

नेविसंघले माघ ८ को प्रदर्शन सफल बनाउन माघ ७ गते प्रचारात्मक अभियानका रुपमा ७७ वटै जिल्लामा ‘सिट्टी जुलुस’ निकाल्न भनेको छ। कांग्रेसले यसअघि पुस २५ गते ३३० प्रदेशसभा क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...