News Portal

संसद् विघटनविरूद्ध माघ ३ गते नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाले प्रदर्शन गर्ने

हिमालीसंचार संवाददाता
६५० पटक

धादिङ – नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाद्वारा आयोजित ओली सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकोविरूद्ध यही माघ ३ गते प्रदर्शन गर्न लागेको छ। यो भन्दा अगाडि पनि नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध देशैभरी नै प्रदर्शन गर्दैअाएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजान लागेकाे कांग्रेसको ठहर छ।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागिएको जानकारी नेपाली कांग्रेस गंगा जमुना गाउँपालिकाकाले हिमालीसंचारलाई जानकारी दियाे।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला पूर्वसभापति रामनाथ अधिकारीको उपस्थिति रहनेछ भने, विशिष्ट उपस्थितिमा उपसभापति भक्त लामा, अतिथि महाधिवेशन प्रतिनिधि दुर्गा दाहाल, अतिथि महिला केन्द्रीय महाधिवेशन प्रतिनिधि कल्पना अधिकारी, अन्य अतिथिमा समितिका सदस्य दलबहादुर अधिकारी, राजेन्द्र अर्याल र जय बाहादुर गुरुङलगायतका नेताहरुको उपस्थीति रहने छ।

त्यस्तै, सो विरोध र्याली तथा बृहत जनसभामा उपस्थित हुन नेपाली कांग्रेस गंगाजमुना गाउँपालिकाले सम्पूर्ण पालिकाबासीहरुलाई उपस्थिति भईदिनुहुन अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...