News Portal

ओली नसुध्रिए इतिहासको रच्छ्यानमा फालिनेछन् – माधव नेपाल

हिमालीसंचार संवाददाता
४५४ पटक

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताएका छन् । मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको बताएका हुन् ।

‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट पार्टीको चरित्र छैन, गुण छैन’, अध्यक्ष नेपालको भनाइ छ । पार्टी गुट र व्यक्तिबाट चल्ने नभइ विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ । उनले नेकपामा देखिएको विवाद यो पार्टीलाई कस्तो बनाउने भन्ने रहेको बताए । ‘पार्टीमा बैठक नबस्ने, जनजीवीकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ’ नेता नेपालको भनाइ छ । आफूले ओलीलाई पटक पटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए । उनले केपी ओलीले सिकाएको संस्कार समेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताए । ‘उहाँलाई आलोचना, गुनासो र विरोध मन पर्दैन, आलोचना गर्ने मान्छे उहाँको दृष्टिकोणमा नकारात्मक हुन्छ’अध्यक्ष नेपालले ओली प्रवृतिको खरो आलोचना गरे । 

अध्यक्ष नेपालले ओलीले बाटो विराएको भन्दै सुध्रन सुझाव दिँदै कम्युनिस्टहरु इमान्दार हुने भएपनि केपी ओली इमान्दार हुन नसकेको टिप्पणी गरे । ‘केपी ओलीजीले बाटो विराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ’ नेता नपालले गल्ती स्वीकार गर्न ओलीलाई आग्रह गर्दै  भने । ‘संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । गल्ती स्वीकार गर्नुस् ।

प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस्, कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लाग्नुभएको छ । त्यसैले गल्ती महशूस गरेर फर्कनुस्’ नेता नेपालले ओलीलाई प्रतिनिधि सभा विघटन निर्णय बेठिक भन्न पनि आग्रह गरे ।  नेता नेपालले वामदेवलाई पनि आफुले तपाइँले लागेर पार लाग्दैन भनेको भन्दै केपी ओली अरुको कुरा सुन्ने पक्षमा नरहेको बताए । अध्यक्ष नेपालले अन्तरसंघर्षले पार्टी कमजोर नहुने भन्दै व्यक्तिवादी र गुटबन्दीले मात्रै कमजोर हुने बताए । उनले केपी ओली सुरुबाटै गुटबन्दीमा लागेको पनि स्मरण गराए । 

अध्यक्ष नेपालले आफ्नो पक्षमा ४३४ केन्द्रीय समिति मध्ये ३१५ जना रहेको र ओलीको पक्षमा ११८ जनामात्रै रहेकाले बहुमत कस्को पक्षमा हुन्छ छुट्याउन आग्रह गरे । उनले आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएकाले सुर्य चिन्ह पनि कसैले खोस्न नसक्ने बताए । उनले केपी ओलीको समूहलाई केपी ओली फाउण्डेसन गुटको संज्ञा दिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...