News Portal

ओलीतिर लागेका पूर्वमाओवादीलाई प्रचण्डको प्रश्न: के जनयुद्ध कुहिएकै फर्सी हो त ?

हिमालीसंचार संवाददाता
४४१ पटक

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको समूहमा गएका पूर्वमाओवादीहरुले जनयुद्ध कुहिएको फर्सी भएको कुरा कसरी सुन्न सके होलान् भन्दै व्यंग्य गरेका छन्। नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,’ माओवादी जनयुद्ध लडेका साथीहरु ओलीतिर लागेको देख्दा मलाई लाज लागेको छ।

उनीहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेर गरिएको टिप्पणी कसरी सुन्न सके होलान् ?, उनले भने, ‘त्यस्ता साथीहरु देखेर मलाई लाज लाग्ने गरेको छ।’ व्यक्ति पार्टी मातहत हुने, अल्पमत बहुमत मातहत हुने भनेर पार्टी एकता गरिएको बताउँदै उनले भने,’ व्यक्ति पार्टी मातहत हुने, अल्पमत बहुमत मातहत हुने भनेर पार्टी एकता गरिएको थियो।

माओवादी जनयुद्धले नेपालमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्यो भनेर सही गरिएको छु, दाहालले अगाडि भने, ‘त्यही प्रतिवेदन अहिले पनि कायमै छ। त्यो प्रतिवेदनको मर्म र भावनाविपरीत बोल्दा प्रतिगमनको साक्षी बसेकाहरु के भन्दैछन्। के जनयुद्ध कुहेकै फर्सी हो त ?’

यस्तै, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदासमेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको बताउँदै प्रचण्डले भने, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो रु यदि त्यसो होइन भने यो बेइमानी हो। कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन।’

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...