News Portal

भुटानी शरणार्थी शिविरमा आगलागी, एकको जलेर मृत्यु

हिमालीसंचार संवाददाता
४२५ पटक

राजु पाैडेल
झापा – भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो। सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए।

उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए। घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको उनको भनाई छ।

आगलागी कारण भने खुल्न नसकेको प्रहरीले जनाएको। कसैले नियोजित रुपमा आगो लगाएको हुन सक्ने शिविरमा बसेकाहरू बताउँछन्। आगलागी सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नियन्त्रणमा लिएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...