News Portal

  • मनोकांक्षा पूरा भएपछि हलेसी’लाई १ तोलाको सुनको सिक्री

    हिमालीसंचार संवाददाता
    ६२१ पटक

    खोटाङ – त्रियुगा नगरपालिका-६, जलजले उदयपुरनिवासी प्रभा राईले हलेसी महादेवको नाममा १ तोला ४ लालको सुनको सिक्री चढाएकी छिन्। त्रिनपा-१४ साउने स्वास्थ्यचौकीमा कार्यरत अनमी राईले पुस २७ गते हलेसी दर्शन गरी भाकल गरेअनुसार सुनको सिक्री चढाएकी हुन् ।

    राईले ‘लोकसेवा आयोग पास गरे भने सुनको सिक्री चढाउँछु भनेर ६ वर्षअघि हलेसी आएर भाकल गरेकी थिइन। ‘हलेसी दर्शन गरी भाकल गरेर जागिर खाएको ६ वर्ष पूरा भयो । विविध कारणले समयमै भाकल पूरा गर्न नसकेकी बताउछन् २०७६ चैतमा भाकल पुर्याउन हलेसी आउने योजना थियो तर कोरोना महामारीले सम्भव भएन । ढिलै भए पनि भाकल पूरा गर्दा महादेव कति खुसी हुनुभयो थाहा भएन । तर, मचाहिँ असाध्यै खुसी छु । मन हल्का भएको छ ।’

    प्रभा राईले हलेसी महादेवको नाममा चढाएको सुनको सिक्री हलेसी महादेवस्थान विकास समिति प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समिति प्रतिनिधि हर्कराज राईले कागज गरेर लिएका छन् । बस्नेत, गिरी र राईले कागज गरेर बुझ्नअघि सुनको सिक्री शिवजीलाई छुवाइएको थियो ।

    दर्शनार्थीले विभिन्न समयमा चढाएका सुन तथा चाँदी हलेसीकै नाममा सदुपयोग गरिने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए । नगरप्रमुख राईका अनुसार दर्शनार्थीले चढाएका सुन, चाँदी शिवजी तथा पार्वतीलाई चाडबाडविशेषमा गहना पहिर्याउन सदुपयोग गरिनेछ ।

    हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले दर्शनार्थीले हलेसीमा चढाएका सुन, चाँदी हलेसी मन्दिरकै सम्पत्तिस्वरूप रहने जानकारी दिए ।

    राईका अनुसार: ‘म लिम्चुङबुङ गाउँपालिकामा कार्यरत थिएँ । लिम्चुङबुङबाट हलेसी प्रस्टै देखिन्छ,’ उनले पुछारमा भनिन्, ‘करार सेवाको दुःखबारे करारमा काम गर्नेलाई थाहा हुन्छ । मैले लिम्चुङबुङबाटै रात–दिन हलेसीलाई ढोग्दै चाँडै स्थायी सेवामा प्रवेश गर्न पाऊँ भनी प्रार्थना गर्थें । मेरो प्रार्थना हलेसी महादेवले पूरा गरिदिनुभएकोमा कोटी–कोटी प्रणाम!” 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...