News Portal

कुवेत पठाईदिने भन्दै युवतिलाई श्रीलंका पुर्याएर बन्धक बनाउने झापाका अमृतबहादुर पक्राउ

हिमालीसंचार संवाददाता
४२० पटक

काठमाडौं – महिलालाई कुवेतमा काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृतबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घरबाट पक्राउ गरेको जनाएको छ। अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभन दिएका थिए।

३ फागुन २०७६ मा कुवेतमा घरायसी काममा लगाई दिने भन्दै महिलालाई काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याए। श्रीलंका पुगेपछि युवतिलाई थाहा पाइन् आफु बेचिएको। त्यसपछि उनलाई त्यहाँका एजेन्टहरुले घरमा बन्धक बनाएर राखे।

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन। अमृतमाथी जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...