News Portal

कुवेत पठाईदिने भन्दै युवतिलाई श्रीलंका पुर्याएर बन्धक बनाउने झापाका अमृतबहादुर पक्राउ

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडौं – महिलालाई कुवेतमा काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृतबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घरबाट पक्राउ गरेको जनाएको छ। अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभन दिएका थिए।

३ फागुन २०७६ मा कुवेतमा घरायसी काममा लगाई दिने भन्दै महिलालाई काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याए। श्रीलंका पुगेपछि युवतिलाई थाहा पाइन् आफु बेचिएको। त्यसपछि उनलाई त्यहाँका एजेन्टहरुले घरमा बन्धक बनाएर राखे।

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन। अमृतमाथी जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...