News Portal

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

हिमालीसंचार संवाददाता
४८९ पटक

वासिंगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ। महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख गरेको छ।

तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ। संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो।

संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए। तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ। क्लाइबर्नले भने, “आफ्नो प्राथमिकता निर्धारण गर्न र त्यसको कार्यान्वयन थाल्न राष्ट्रपति निर्वाचित बाइडनलाई एक सय दिन दिऊँ।”

त्यसबाट बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ। यदि सिनेटले महाभियोग प्रस्ताव प्राप्त गरेमा ती कुराका निम्ति पर्खिनुपर्ने हुनसक्छ। ह्वाइट हाउसले राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना खारेज गरेको छ।

त्यस्तो कदमले ‘हाम्रो महान्‌ देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ। यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्। त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्‌मा ल्याएर पारित हुनुपर्नेछ। त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...