News Portal

दर्शन बचत तथा ऋण सहकारीको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा बिष्णु उच्चै

हिमालीसंचार संवाददाता
३३५ पटक

पोखरा – दर्शन बचत तथा ऋण सहकारी सहकारीको १०औं साधारणसभा तथा चौथो अधिवेशनले बिष्णु उच्चै ठकुरी अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ।

समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह सचिव ज्योति हमाल, चित्र बहादुर मल्ल, दिलकुमारी खाँण, आशा सेन, लक्ष्मी मल्ल, लक्ष्मी कुमारी खाँण, मैना सेन छन्।

नवनिर्वाचित अध्यक्ष बिष्णु उच्चै ठकुरीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिनुभयो। उँहाले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै दर्शन सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताउदैँ आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो।

सस्थापक अध्यक्ष खिम बहादुर शाहीको अध्यक्षतामा अधिवेशनलमा कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले दर्शन बचत तथा ऋण सहकारीलाई कास्की जिल्लामै नमुना सहकारी बन्न सुभकामना दिदैँ सहकारीको उत्तरउत्तर प्रगतिको कामना गर्नुभयो।

उँहाले भविष्यमा गरिने हरेक योजना सेयर सदस्य मैत्री बनाउन अनुरोध गर्दै मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाउनु भएको थियो। सहकारीका सचिव राजाराम शाहीले सञ्चालन गरेको सभामा उपाध्यक्ष बिष्णु उच्चै ठकुरीले स्वागत गर्नुभएको थियो।

सभामा सहकारीका सल्लाहकार दुर्गा बहादुर शाह, ठकुरी संगम परिवार कास्कीका अध्क्ष फम बहादुर शाही, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए।

त्यस्तै, लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा पदमा मल्ल, सदस्य शान्ति शाही र याम बहादुर हमाल, ऋण समिति संयोजक चित्र बहादुर मल्ल, सदस्यमा रबिन्द्र बिक्रम चन्द र खिम बहादरु शाही, शिक्षा समिति संयोजकमा ज्योति हमाल, सुनिता मल्ल र लक्ष्मी शाही रहेका छन्। निर्वाचन संयोजक ईश्वरी हमालले नवनिर्वाचित टिमलाई सपथ गराउनु भएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...