News Portal

काँग्रेस सुर्खेतले शनिबार जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रका मुख्य बजारमा विरोध कार्यक्रम गर्ने

हिमालीसंचार संवाददाता
४७२ पटक

सुर्खेत – केपी ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले संसद विघटन गरेको विरोधमा प्रतिपक्ष नेपाली कांग्रेसले भोलि प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोध कार्यक्रम गर्ने भएको छ। सुर्खेतका ४ वटा प्रदेश निर्वाचन क्षेत्रका मुख्य बजारमा विरोध कार्यक्रम गर्ने नेपाली काँग्रेस सुर्खेतले जनाएको छ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले क्षेत्र नं. १ ‘क’ को सिम्ता जामुने बजार राकम, ‘ख’ को लेकबेसी नगरपालिका ६ कल्याणको स्याउली बजार, क्षेत्र नं. २ को प्रदेश ‘क’ को वीरेन्द्रनगरको पिपलचौतारी, प्रदेश ‘ख’ को पंचपुरी नगरपालिकाको बावियाचौर बजारमा दिउँसो १२ बजे विरोध कार्यक्रम गर्ने बताउनुभयो।

सभापति रेग्मीले वर्तमान सरकारको अलोकप्रिय कदम, गैरसंवैधानिक कामका विरुद्ध कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिवार देशभरका सवै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरिने बताउनुभयो।

सवै कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता, जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसपछि कांग्रेसले वडा तहमा विरोधका कार्यक्रमहरु गर्नेछ। यसअघि कांग्रेसले सवै जिल्लामा विरोध कार्यक्रम गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...