News Portal

काँग्रेस सुर्खेतले शनिबार जिल्लाका ४ वटै प्रदेश निर्वाचन क्षेत्रका मुख्य बजारमा विरोध कार्यक्रम गर्ने

हिमालीसंचार संवाददाता
५३१ पटक

सुर्खेत – केपी ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले संसद विघटन गरेको विरोधमा प्रतिपक्ष नेपाली कांग्रेसले भोलि प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोध कार्यक्रम गर्ने भएको छ। सुर्खेतका ४ वटा प्रदेश निर्वाचन क्षेत्रका मुख्य बजारमा विरोध कार्यक्रम गर्ने नेपाली काँग्रेस सुर्खेतले जनाएको छ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले क्षेत्र नं. १ ‘क’ को सिम्ता जामुने बजार राकम, ‘ख’ को लेकबेसी नगरपालिका ६ कल्याणको स्याउली बजार, क्षेत्र नं. २ को प्रदेश ‘क’ को वीरेन्द्रनगरको पिपलचौतारी, प्रदेश ‘ख’ को पंचपुरी नगरपालिकाको बावियाचौर बजारमा दिउँसो १२ बजे विरोध कार्यक्रम गर्ने बताउनुभयो।

सभापति रेग्मीले वर्तमान सरकारको अलोकप्रिय कदम, गैरसंवैधानिक कामका विरुद्ध कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार शनिवार देशभरका सवै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरिने बताउनुभयो।

सवै कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता, जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसपछि कांग्रेसले वडा तहमा विरोधका कार्यक्रमहरु गर्नेछ। यसअघि कांग्रेसले सवै जिल्लामा विरोध कार्यक्रम गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...