News Portal

न्यायिक संवाद कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३७२ पटक

सुर्खेत – सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर ६ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानिय नागरिकहरुलाई अदालतले दिने सेवा सुविधाका बारेमा जानकारी गराईएको छ।

जिल्ला न्यायाधिस डा.राजेन्द्रकुमार आचार्यले अदालतले निष्पक्ष काम गर्ने भन्दै बिचौलियबाट बच्न आम नागरिकलाई आग्रह गर्नुभयो। कार्यक्रममा नगरप्रमुख गगनसिहँ सुनारले यस्ता कार्यक्रमहरु नियमित संञ्चालन हुन सके समुदायमा कानुन सम्बन्धी सचेतना प्रभावकारी हुने बताउनुभयो।

न्यायिक समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख शान्तीकुमारी छन्तेलले आगामी दिनमा आफ्नो नगरपालिकाले कानुन पुर्ण रुपमा पालना गरेर कार्यविधि बनाउने बताउनुभयो। यस्तै, सुर्खेत जिल्ला अदालतबाट न्यायिक समिति लेकबेशी नगरपालिकाले गरेका न्यायिक निरोपनका कार्यहरुको निरक्षण पनि गरेको छ।

कार्यक्रममा अदातलका स्रेस्तेदार यामप्रसाद बास्कोटा, नेपाल कानुन व्यवसायी परिषदका पार्षद रामबाबु विसी, वैतानिक कानुन व्यवसायी बीरेन्द्रकुमार थापा लगायतको सहभागीता रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...