News Portal

संसद् विघटनविरूद्ध भोलि कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

हिमालीसंचार संवाददाता
४८५ पटक

काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्दैछ। पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ। जसअनुसार कांग्रेसले शनिबार देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने कांग्रेसका सूचना अधिकारी केशव अधिकारीले जानकारी दिए। जसअनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको उनका स्वकीय सचिव भानु देउवाले जनाए।

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा सम्बोधन गर्दैछन्। कांग्रेस नेता गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्दैछन्। यसैगरी कांग्रेस नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने तय भएको छ। अन्य नेताहरुले कहाँबाट सम्बोधन गर्ने भन्ने तय भइनसकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६ हजार ७ सय ४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने तय गरेको थियो।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...