News Portal

संसद् विघटनविरूद्ध भोलि कांग्रेसको देशव्यापी प्रदर्शन, कुन नेताले कहाँबाट सम्बोधन गर्दैछन् ?

हिमालीसंचार संवाददाता
५७० पटक

काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्दैछ। पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद् विघटन भएको ठहर गरेको कांग्रेसले त्यसविरूद्ध प्रदर्शन गर्न लागिएको जनाएको छ। जसअनुसार कांग्रेसले शनिबार देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरुले आफूलाई पायक पर्ने ठाउँमा सम्बोधन गर्ने कांग्रेसका सूचना अधिकारी केशव अधिकारीले जानकारी दिए। जसअनुसार कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ को बुढानिलकण्ठमा सम्बोधन गर्ने तय भएको उनका स्वकीय सचिव भानु देउवाले जनाए।

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं क्षेत्र नम्बर ६ को प्रदर्शनी मार्गमा सम्बोधन गर्दैछन्। कांग्रेस नेता गगन थापाले काठमाडौंको कपनबाट सम्बोधन गर्दैछन्। यसैगरी कांग्रेस नेतृ सीतादेवी यादवले काभ्रेको प्रदर्शनलाई सम्बोधन गर्ने तय भएको छ। अन्य नेताहरुले कहाँबाट सम्बोधन गर्ने भन्ने तय भइनसकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १९ पुसको केन्द्रीय कार्यसमितिको बैठकले पुस २५ मा देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका ७५३ स्थानीय तहमा तथा माघ ८ गते देशभरका सबै स्थानीय तहसहित ६ हजार ७ सय ४३ वडाहरुमा संसद विघटनविरूद्ध प्रदर्शन गर्ने तय गरेको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...