News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा

    हिमालीसंचार संवाददाता
    ३१५ पटक

    एजेन्सी – कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ। जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

    प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताउनुभयो। अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ।

    सङ्कटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ। यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन्।

    प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विषेश अनुरोध गर्नुभएको छ। टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गर्नुभएको हो।

    “सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उहाँले भन्नुभयो। सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

    जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन। देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन्। जापानमो अहिलेसम्म ३ हजार ७ सय भन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २३, २०८२ (जुन ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

    काठमाडौं, जेठ २२ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा...

    शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

    काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद्...

    चार करोड बढी ठगी प्रकरणमा एक महिला पक्राउ

    काठमाडौं, जेठ २२ – चार करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेककी सञ्चालक...

    काठमाडौंमा निषेधाज्ञा विरुद्धको रिट सर्वोच्चले दर्ता नगर्ने, स्वागत नेपाल पुनः कानुनी लडाइँमा

    काठमाडौं, जेठ २२ — राजधानीका केही संवेदनशील क्षेत्रहरूमा जारी गरिएको निषेधाज्ञाको विरुद्धमा दर्ता गराउन खोजिएको...