News Portal

कोरोना संक्रमणबाट बच्न देवता भाकल, जोगिएपछि मुर्ति चढाइयो

हिमालीसंचार संवाददाता
४८७ पटक

दैलेख – विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन कूल देवतालाई भाकल (कवोल) गरी संक्रमण हुनबाट जोगिएपछि मन्दिर (थान)मा मुर्ति चढाइएको छ। दैलेखको महाबु गाउँपालिका–४, गिताचौरस्थित विन्द्रासैनी माईको थानमा मुर्ति चढाइएको हो।

सुदुर र कर्णाली प्रदेशमा देवी–देवताप्रति नागरिकको विश्वास बढेको पाइन्छ। जसअनुसार गिताचौरका स्थानीयले समेत कोरोना भाइरस संक्रमणबाट जोगिन कुल देवताप्रति बोलविन्ती चढाएका थिए। आफुलाई संकट परेको अवस्थामा देवता सम्झिए (बोलविन्ती गरे)मा मनोकांक्षा पूरा हुने विश्वास स्थानीयको छ। ‘हामीले संकटमा देवता सम्झिने हो।

विश्व संकटमा परेको बेला हामी कोरोना संक्रमणबाट बच्न सबै पाली (स्थानीय)ले भाकल गरेका हौं’ विन्द्रासैनी थानका जेठो पाली (देवता पुज्नेहरुमध्येकै देवताको विश्वासीलो प्रमुख व्यक्ति) धन शाहीले भने, ‘पालीजति सबै जोगियौं, कसैलाई संक्रमण भएको खबर पाएनौं । त्यसैको खुशीयालीमा सबैले पैसा उठाएर मुर्ति र घण्ट चढाएका हौं।

शुक्रबारसम्म विश्वभर आठ करोड ४३ लाख ७९ हजार तीन सय ८९ जना संक्रमित रहेका छन् भने, १८ लाख ३५ हजार तीन सय ६ जनाको मृत्यु भएको छ। त्यस्तै नेपालमा दुई लाख ६१ हजार १९ जना संक्रमित भएका छन् भने एक हजार आठ सय ६४ जनाको मृत्यु भएको छ।

यसैगरी कर्णाली प्रदेशको तथ्यांक अनुसार सात हजार तीन सय ५७ जना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ। यद्यपी यो तथ्यांकमा महाबु गाउँपालिकाको वडा नम्बर ४ को गिताचौर, काप्रिखोला, फागु लगायतका स्थानीय नागरिक कोरोना संक्रमित नभएपछि थानमा मुर्ति र घण्ट चढाइएको शाहीले बताए।

वर्षमा २ पटक पूजा हुने यो थानमा साउन पूर्णिमा र मंसिर पूर्णिमामा पूजा गर्ने गरिन्छ। आफुलाई कुनै प्रकारको पीरमर्का परेमा न्यायका लागि थानमा भाकल गर्ने, कुनै प्रकारको अप्ठेरो महसुस भएमा मुक्तिका लागि भाकल गर्ने, लामो समयसम्म छोरा–छोरी नजन्मिएमा भाकल गर्ने र भाकल अनुसारको मनोकांक्षा पूरा भएमा बोकाको बली दिने, घण्ट चढाउने, धामी–पुजारीलाई पकडी (सेतो फेटा) बाँध्ने, गाद्यी (धामी बस्ने ठाँउ) चढाउने, ध्वजा लगाउने लगायतका कार्यहरु गर्ने गरेको पाइन्छ।

यो क्षेत्रकै प्रमुख देवताको रुपमा पूजा गरिने विन्द्रासैनी माई थानमा गरेको भाकल पूरा हुने गरेपछि दर्शालू भक्तजनको भीड हुन थालेको थानका प्रमुख धामी तिलक बहादुर शाहीले बताए। हाल थानमा प्रमुख धामी शाहीसहित सहायक धामी चक्रबहादुर शाही र पुजारी रत्नबहादुर शाही रहेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...