News Portal

हङकङ-पान्थर मञ्च, हङकङदेखि जन्तरे मामालाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
५६५ पटक

काठमाडौ – गायक जन्तरे मामाको रुपमा भाइरल भएका अमृत कुमार राईको घर निर्माणको लागि हङकङ-पान्थर मञ्च, हङकङदेखि आर्थिक सहयोग १ लाख ७७ हजार १७ रुपैया हस्तान्तरण गरिएको मञ्चका सल्लाहकार प्रताप कोयु राईले जानकारी दिए।

संयोजक प्रताप कोयु राईका अनुसार हङकङमा संकलित रकम हङकङ पान्थर मञ्चका पूर्व सहसचिव भुपेन्द्र योङया ‘साक्थिम’ र पूर्वअध्यक्ष टिका माखिम फुङ्लेपद्वारा १ लाख ७७ हजार १७ रुपैंया हस्तान्तरण गरिएको हो। 

दमकस्थित चारकोल रेस्टुरेण्टमा आयोजित एक कार्यक्रमवीच भाइरल गायक जन्तरे मामालाई संकलित रकम चेक मार्फत हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरणपछि जन्तरे मामाले केही गीतहरु पस्किएर स्थानीय आधा दर्जन कलाकारहरुका साथमा मनोरञ्जन समेत दिएका थिए। 

जन्तरे मामाको घर निर्माणको लागि गठित समितिले आवश्यक रकम संकलन गरी गायक राईको घर निर्माण थालिने हङकङ पाँचथर मञ्चका भूपू सहसचिव तथा गायक साक्थिम योङयाले बताए। गायक राईले स्वर सम्राट नारायण गोपालको गीत जस्ताको त्यस्तै गाउने गायक जन्तरे मामा भनेर विभिन्न संचार माध्यमद्वारा सार्वजनिक भएपछि भाईरल भएपछि गायक राईको एकल तथा चर्चित गायिकाहरु मेलिना राई, एलिना चौहानसंग युगल गीतहरु समेत रेकर्ड गरी सकेको छ ।

आर्थिक अवस्था कमजोर रहेका गायक जन्तरे मामाको घर नभाएको कुरा सार्वजनिक भएपछि हङकङ पान्थर मञ्चका सल्लाहकार प्रताप कोयुको विशेष सल्लाह र सक्रियतामा सहयोग रकम संकलन गरेर हिजो हस्तान्तरण गरिएको हो। 

गायक राईको सहयोग अभियान अन्तर्गत किरात राई सोदेल कोयी/कोयु किम हङकङको समेत विशेष भूमिका रहेको संयोजक प्रताप कोयु राईले जानकारी दिदै हिमालीसंचारसंगको कुराकानीमा यस अभियान मार्फत सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीदाताहरुमा विशेष आभार समेत व्यक्त गरेका छन् । आयोजित कार्यक्रम भिम राज कोयु राईले संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...