News Portal

कुबेतमा कास्कीका उमरजंग गुरुङ बेपत्ता, खोजिदिन आग्रह

हिमालीसंचार संवाददाता
५६२ पटक

कुबेत सिटी – कास्की जिल्लाको नामाजुङ गाविस वडा नं २ घर भएका उमरजंग गुरुङ कुवेतमा केही दिन देखी सम्पर्कविहिन भएका छन। विगत केही बर्ष देखि बैदेशिक रोजगारिको सिलसिलामा कुवेतको अल होमाइजी कम्पनी अन्तर्गत पिजा हटमा कार्यरत थिए।

कुवेतको जाहारा पिजा हट जहरा तीनब्रान्च अल होमाइजी कम्पनीमा कार्यरत उमर जङ्ग गुरुङ्ग डिसेम्बर ३१ बेलुकी नयाँँ बर्ष सेलेब्रेसनपछि जहराबाट बिहान ५:४० बजे आफ्नो रिगाइस्थित कोठामा जान भनि टक्सी चढि हिडेको गुरुङ आजको दिनसम्म्म सम्पर्कविहिन रहेको बताईएको छ।

कुबेतको जहरा पुलिस स्टेशनलगायत रिगाइ पुलिस स्टेशन साथै सबै हस्पिटलहरुमा खोजि गरेको तर आजसम्म कुनै खबर प्राप्त नभएकोले कसैले कतै देख्नु भएमा वा कुनै सूचना पाउनु भएमा कृपया उनको काकी वीरमाया गुरुङलाई यो मोबाइल नम्बरमा ६७६८२५५३ सम्पर्क गरि जानकारी गराइ सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...