News Portal

  • ईलामका स्थानीयको प्रतिकारपछि नेपाली भूमिबाट पछि हट्यो भारतीय सुरक्षा बल

    हिमालीसंचार संवाददाता
    ४९८ पटक

    तोयानाथ भट्टराई,
    इलाम – इलामको सूर्योदय नगरपालिका २ हिलेमा सीमा मिच्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफ्नो कदम गलत भएको स्विकार गरेपछि तत्कालका लागि समस्या समाधान भएको छ। शनिबार साँझ भारतीय पक्षले हिलेमा नेपाली भूभागमा प्रवेश गरेर बासको किलो गाडेपछि स्थानीयले प्रतिकार गरेका थिए।

    स्थानीयले भारतीय पक्षले गाडेको किलोसमेत उखेली दिएपछि सोमबार भएको दुवै पक्षका सुरक्षा निकायका स्थानीय प्रमुखबीचको छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको भारतीय पक्षले स्वीकारेको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाले बताए।

    एसएसबीले आगामी दिनमा एक पक्षीय रुपमा बिनासूचना गतिविधि नदोहोर्‍याउने प्रतिवद्धता जाहेर गरेको छ। खतिवडाका अनुसार भारतीय पक्षले अब उपरान्त गल्ती नदोहोरिने प्रतिवद्धता गरेका छन्। छलफलका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउकुमार लिम्बूको नेतृत्वमा १२ जना र सशस्त्र निरीक्षक खतिवडाको नेतृत्वमा १४ जनाको टोली हिले पुगेको थियो।

    भारतको तर्फबाट एसएसबी विओपी हिले भज्याङका असिस्टेन सब इन्स्पेक्टर दिबाङ्कर विश्वासको कमाण्डमा खटिएको टोली छलफलमा सहभागी थियो। भारतीय पक्षबाट सीमा पिलर नम्बर ७१/११ देखि ७२/२५ बीचको दशगजा भूभागमा तैनाथ ८ नम्बर बटालियन मातहतको एसएसबीले ‘मिसिङ पिलर’ रहेको भन्दै नेपाली भूमिमा किलो गाडेको थियो। इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलब ५ किलोमिटर क्षेत्रका बिभिन्न स्थानमा सीमा विवाद रहेको छ।

    भारतले पूर्वको नेपाली भूमिमा पनि पटकपटक चलखेल गर्ने गरेको स्थानीयहरु बताउँछन्। नेपाली भूमिमै संरचना निर्माण गर्दा पनि भारतीय पक्षले पटक पटक अवरोध गर्ने गरेको छ। अघिल्लो वर्ष सूर्योदय नगरपालिका-२ मानेभञ्ज्याङकै वाङदेन भोटेले बनाउँदै गरेको घर निर्माणमा अवरोध गरेको थियो।

    सूर्योदय नगरपालिका-२ को पशुपतीनगरबाट ४ माइल हुँदै भारतीय बजार जाने बाटो अघिल्लो गत साउन ५ निर्माणमा अवरोध गरेको थियो। इलामको पर्यटकीय सन्दकपुरमा निर्माणाधिन भ्युटावरसहितको काम दशगजामा भएको भन्दै लामो समयसम्म अवरोध गरेको थियो। यी प्रतिनिधि घटना मात्रै हुन्। भारतीय सुरक्षा वल (एसएसवी) पछिल्लो समयमा दशगजा आसपासमा तीव्र सक्रियता बढाएपछि स्थानीयहरु मारमा परेका छन्।

    यसअघि नेपाली नागरिकले प्रयोग गर्ने वैकल्पिक सडकबाट विषादी मिसिएको तरकारी गएको भन्दै एसएसवीले सडक रोकेको थियो। ४ दिनपछि एसएसवी आफैँले खाल्डो पुरेको थियो। इलामको नेपाल-भारत क्षेत्रमा पर्ने ५२ किलोमिटर सिमा क्षेत्रका नागरिकले निरन्तर सास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। सन्दकपु गाउँपालिकाको गैरीबास–कालपोखरी पर्यटन पथमार्गका अध्यक्ष भएर काम गरेका उमेश गुरुङले बाटो निर्माणका क्रममा ३ पटकसम्म एसएसपीले क्याम्पमा लगेर प्रष्टिकरण लिएको अनुभव सुनाउँछन्।

    इलामको नेपाल-भारत सीमा क्षेत्रमा ३९ वटा मुख्य र सहायक सीमा स्तम्भ हराएका छन्। वर्षौँदेखि हराएका यी सीमा स्तम्भ पुनः निर्माण नगर्दा सिमानामा भारतको चलखेल थप बढ्दो छ। सुरक्षा स्रोतका अनुसार एउटा जंगे पिलर, १३ वटा मध्यम पिलर र २५ वटा साना पिलर हराएका छन्। इलामका ९ स्थानमा अहिले पनि विवाद देखिएको छ। भारतीय पक्षले छब्बीसे, हिले पुलखोला, सन्दकपुरलगायत क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ। पछिल्लो समय नेपालतर्फ शसस्त्र प्रहरीको ६ वटा बिओपी स्थापना गरेर सीमा सुरक्षामा सक्रियता बढाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...