News Portal

हुम्लामा हिमपात  आवतजावत समेत कठिनाइ

हिमालीसंचार संवाददाता
३६० पटक

हुम्ला — आइतबार दिउँसोदेखि हुम्लामा हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खामा हिमपात हुँदा चिसोसँगै आवतजावतमा कठिनाइ भएको छ । सिमकोटमा करिब आधा फिट हिउँ परेको छ ।

यो वर्ष हुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मंसिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएको हो । हिमपातपछि तापक्रम माइनसममा झरेको छ । हिल्सा, लिमी, यालवाङ, मुचु , केर्मीमा पशुबस्तु गोठबाट निकाल्न समेत गाह्रो भएको स्थानीयबासी कुगा लामाले बताए । सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले गस्ती बन्द गरेको छ ।

हिमपातले किसानलाई भने खुसि बनाएको छ । जेठासी बाली जौं, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसि भएका हुन् ।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...