News Portal

जनगणना गर्दै सरकार, लिम्पियाधुरा क्षेत्रमा के होला ?

हिमालीसंचार संवाददाता
३९७ पटक

काठमाडौं – देश संघीयतामा गएपछि पहिलोपटक जनगणना हुँदैछ। ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको हो। यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्ण गणना विधिबाट जनगणना हुनेछ।

पूर्णगणनाविधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।

सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गणना गरिने विभागले जनाएको छ। उक्त क्षेत्रमा २०१८ सालसम्म जनगणना भएको थियो। भारतले कब्जा गरेका लिम्पियाधुरा छेउका गब्र्याङ, नाभी र गुन्जी त्यो बेला नेपालमै थिए। यो खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...