News Portal

गुल्मीमा नमस्कार नगरेको भन्दै पढाइरहेका शिक्षकलाई नेकपाबाट निर्वाचित वडाध्यक्ष अर्यालले गरे हातपातको प्रयास

हिमाली संचार संवाददाता
८५३ पटक

गुल्मी – नेकपाका नेता तथा नेकपाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको दम्भ केन्द्रदेखि स्थानिय तहसम्म देखिने क्रम जारी रहेको छ। अधिकार जमाउन खोज्ने जनप्रतिनिधीले आफ्नो कर्तव्यको ख्याल गर्न समेत छाडेका छ्न्। ‘ गाउँ गाउँमा सिंहदरबार’ भनिएपछि त स्थानीय जनप्रतिनिधि आफैलाई सिंह सम्झिन थालेका छन्।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १० का तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष पदम अर्यालले भगवती माध्यमिक विद्यालयका एक शिक्षकलाई धम्की दिदै दुर्व्यवहार गरेका छ्न्। वडा अध्यक्ष त्यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन।

विद्यालयका शिक्षक गोपाल बिष्ट कक्षा ८ को कम्प्युटर बिषय पढाई रहँदा वडा अध्यक्ष अर्याल कक्षामा प्रवेश गरेका थिए। अध्यक्ष अनुगमनमा आएका होलान भनि शिक्षक अध्यापनमा नै केन्द्रीत थिए ।

कक्षा कोठा घुमेर गएका अध्यक्ष अर्यालले लगत्तै शिक्षक बिष्टलाई कार्यालयमा बोलाए। शिक्षक बिष्ट कार्यालयमा गई कुर्सीमा बस्न नपाउदै वडा अध्यक्ष अर्यालले तैले मलाई नमस्कार नगर्ने भन्दै हप्काउन थाले। पिडित शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले त सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लो स्तरमा झरेर गाली गरेको बताए।

आफू मौन रहेको अबस्थामा पनि वडा अध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होईन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको शिक्षक बिष्टले बताए।

केही जबाफ नफर्काइ शिक्षक बिष्ट कुर्सीमा बसेका बिष्टलाई वडा अध्यक्ष अर्यालले कुर्सीबाट उठेर हातपात गर्न खोज्दै तलाई तल पुर्‍याईदिउला यो सिमिचौर हो, बिचार गर भन्दै धम्की दिदै वडा अध्यक्ष विद्यालय परिसरबाट बाहिरिएका थिए । हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...