News Portal

पर्सियन खाडीमा अमेरिका-इरान युद्धको तयारी, ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट !

हिमालीसंचार संवाददाता
५२२ पटक

तेहरान – नयाँ बर्षको सुरुवाट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुने तिथि नजिकिँदै गर्दा इरान र अमेरिकाबीच सैन्य मुठभेदको स्थिति देखिएको छ। अमेरिकाले आफनो परमाणु बम्पर पारसको खाडीमा पठाएको इरानले आरोप लगाएको छ भने, डोनाल्ड ट्रम्प प्रशासनले विगत ४८ घन्टामा इरानी नौसेनामा सक्रियता देखिएको दावी गरेको छ।

करिब एक बर्ष पहिला अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको हो। इजरायली सन्चारमाध्यमले अमेरिकी सुत्रलाई उदृत गर्दै इजरायल र साउदी अरेबियाले ट्रम्पलाई आफ्नो कार्यकाल पुरा हुनु पहिला इरानको परमाणु ठेगाना ध्वस्त गर्न उक्साइरहेको दावी गरेको छ।

सीएनएनको रिपोर्ट अनुसार अमेरिकालाई जनवरी ३ मा सुलेमानीको बार्षिकीमा इरान अमेरिकालाई निसाना बनाउन कोशिस गर्न सक्ने डर छ। बाइडेनको जीतले आक्रोसित रहेका ट्रम्प पद छोड्नु अघि अब आउने सरकार समक्ष कठिन परिस्थिति निम्त्याउन इरानसँगको विवादलाई थप जटिल बनाउने प्रयास गर्न सक्ने राजनितिक विश्लेषकहरुले आशंका ब्यक्त गरेका छन्।

बाइडेनको योजना इरानमाथि ट्रम्पले जुन दबाव दिइरहेको थियो त्यसलाई कम गर्नु हो र इरानसँग वार्ता गर्नु हो र इरानलाई परमाणु सम्झौतामा फर्काउनु हो। विज्ञहरुका अनुसार इरान कुनै पनि कदम अत्यन्तै सुझबुझ तरिकाले उठाउने छ ताकी बाइडेन आएपछि उमाथि लगाइएको प्रतिबन्ध खुकुलो होस्।

तर ट्रम्प प्रशासन इरानलाई राहत दिने स्थितिमा देखिँदैन। गत हप्ता अमेरिकी सेन्ट्रल कमान्डले बग्दादमा अमेरिकी दुतावास नजिकै अन्तराष्ट्रिय क्षेत्रमा भएको हमला इरान समर्थित लडाकु समुहले गरेको दावी गरेको थियो। अन्तराष्ट्रिय परमाणु उर्जा एसोसिएसनमा रुसका राजदुतले शुक्रबार इरान सन् २०१५ अघि भएको परमाणु सम्झौता बराबरको युरेनियम हासिल गर्ने बताए। यसले पनि दुई देशबीच तनाब गहिरिन सक्ने बताइएको छ।

इरानी रिभोलुसनरी गार्डका शिर्ष कमान्डर जनरल हुसैन सलामीले अमेरिकाको नाम नलिइकन इरानलाई कुनै पनि शक्तिको सामना गर्न कुनै समस्या, चिन्ता वा आशंका नभएको बताए। हामी आफ्नो दुश्मनलाई युद्धको मैदानमा अन्तिम जवाफ दिन सक्छौं। यसबीच अमेरिकाले बी ५२ बम्बरको उडान संचालन गर्दै फारस खाडीमा एक परमाणु पनडुब्बी पठाएको छ। अमेरिकाले खाडी देशमा तैनाथ गरेको बी ५२ बम्बर्स परमाणु क्रुज क्षेप्यास्त्रबाट हमला गर्न सक्षम बताइएको छ।

ट्रम्पको गिरफ्तारी वारेन्ट !

यसबीच इरानले अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पको गिरफ्तारीका लागि इरानले इन्टरपोलसँग पनि मद्दत मागेको छ। इरानले ट्रम्प लगायत अन्य ३० भन्दा धेरै ब्यक्तीमाथि बग्दादका कयौ ठेगानामा ड्रोन हमला गरेको आरोप लगाएको छ।

जसमध्य ३० जनवरीमा भएको एक हमलामा सुलेमानीको मृत्यु भएको थियो। उनीहरुमाथि हत्या तथा आंतंकवादको आरोप लगाइएको छ। तेहरानका अधिवक्ता अलि अलग सुमेरले अन्य ३० ब्यक्तीको नाम भने उल्लेख गरेको छैन। ट्रम्पलाई उनको कार्यकाल समाप्त भएपछि पनि गिरफ्तार गर्ने प्रयास गरिने बताइएको छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...