News Portal

ओलीको राजनीतिक जीवन समाप्त भयो : योगेश भट्टराई

हिमालीसंचार संवाददाता
३८४ पटक

अविन माबो/झापा  – प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि आक्रामक बनेको प्रचण्ड-नेपाल समूह अहिले सडक संघर्ष  गरिरहेको छ।

विरोध सभामा बोल्दै पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए। उनले दुई जना पाइलट रहेको ठुलो जेट विमानलाई एक जना चालकले दुर्घटना गराएको बताए।

भट्टराईले ओलीका कार्यकर्तालाई ओलीलाई धेरै नउकास्न आग्रह गरे। उनले भने, ‘अब ओलीको राजनीतिक जीवन समाप्त भयो। ओलीलाई अब आराम गर्न तपाईँ कार्यकर्ताले सुझाव दिनुहोस्।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईँले अहिलेको संविधान सहिदहरूको बलिदानको उपज भएको बताइन्।

प्रधानमन्त्री केपी ओलीलाई संविधान कुल्चिने कुनै अधिकार उनले बताइन्। विरोधसभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...