News Portal

शनिबारदेखि फ्रान्सका १५ प्रान्तमा कर्फ्यू

हिमालीसंचार संवाददाता
५२८ पटक

फ्रान्स -कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त (डिपार्टमेन्ट) मा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ ।फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमणसित लड्न ६ बजेबाटै कर्फ्यू लगाउनुपर्ने खाँचो रहेको सार्वजनिक गरेका हुन् ।

जनवरी ७ बाट खोल्न अनुमति दिइने भनिएको सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरुपनि अर्को सूचना जारी नभएसम्म बन्द नै राखिने उनले बताएका छन् ।यी १५ वटा प्रान्तमा कोरोना भाइरस फैलिने क्रम तीव्र देखिएकाले ती प्रान्तलाई उच्च निगरानीमा राख्नुपर्ने भन्दै कर्फ्यूको समय बढाउनुपर्ने प्रवक्ताले उल्लेख गरेका छन् ।

कोरोना भाइरस धेरै फैलिएका प्रान्तहरुमा होत आल्प्स, आल्प्स मारिटिम, आर्देन, दोउब, जुरा, ओत मार्न, मुर्थे ए मोसेल, मुउज, ओत साओन, भोज्स, बेलफअ, मोसेल, नियभ्र, साओन र ल्वार हुन् । यी सबै समुद्री तट र पहाडी तथा हिमाली क्षेत्र हुन् । क्रिसमस र नयाँ वर्षको छुट्टि मनाउने पर्यटकहरुको भीड लागेकाले कोरोना भाइरस ज्यादा फैलिएको फ्रान्सेली अधिकारीहरुको भनाइ छ ।

फ्रान्समा भाइरस फैलिने क्रम जारी छ । यो विभिन्न प्रान्त र क्षेत्रहरु बीचको असमानताको कारणले हो,’ गाब्रियल अत्तलले भने । सम्बन्धित विभागहरुको सूची एक हप्तामा संशोधित हुने उनले उल्लेख गरेका छन् । यदि कुन प्रदेशमा स्थिति बिग्रियो भने तत्कालै आवश्यक निर्णय लिइने उनले बताएका छन् ।

प्रवक्ताका अनुसार हालको संशोधित कर्फ्यू तोकिएका क्षेत्रहरुमा समान रूपमा लागू हुनेछ । सहर र ग्रामीण क्षेत्रको बिचमा कुनै भेदभाव गरिने छैन । घरबाट अत्यावश्यक काममा हिँड्नेहरुले स्वीकृति पत्र लिएर हिँड्नुपर्ने नियम बनाइएको छ ।

फ्रान्समा हाल प्रत्येक दिन कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार १९ हजारमा कोरोना संक्रमित नयाँ बिरामी फेला परेका छन् । हालसम्म फ्रान्समा करिब २६ लाख ४० हजारमा कोरोना देखिएको छ भने मृत्यु हुनेको संख्या ६४ हजार चार सय ६५ पुगिसकेको छ । संक्रमित मध्ये २४ हजार दुई सय ६३ जना अस्पतालमै छन् ।

 

 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...