News Portal

  • शनिबारदेखि फ्रान्सका १५ प्रान्तमा कर्फ्यू

    हिमालीसंचार संवाददाता
    ४६६ पटक

    फ्रान्स -कोरोना भाइरसको संक्रमण फैलिने क्रम पुनः तीव्र भएपछि फ्रान्स सरकारले १५ वटा प्रान्त (डिपार्टमेन्ट) मा शनिबारबाट साँझ ६ बजेदेखि नै कर्फ्यू लगाउने भएको छ ।फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल अत्तलले कोरोनाको संक्रमणसित लड्न ६ बजेबाटै कर्फ्यू लगाउनुपर्ने खाँचो रहेको सार्वजनिक गरेका हुन् ।

    जनवरी ७ बाट खोल्न अनुमति दिइने भनिएको सांस्कृतिक कार्यक्रम, ओपेरा हाउसहरुपनि अर्को सूचना जारी नभएसम्म बन्द नै राखिने उनले बताएका छन् ।यी १५ वटा प्रान्तमा कोरोना भाइरस फैलिने क्रम तीव्र देखिएकाले ती प्रान्तलाई उच्च निगरानीमा राख्नुपर्ने भन्दै कर्फ्यूको समय बढाउनुपर्ने प्रवक्ताले उल्लेख गरेका छन् ।

    कोरोना भाइरस धेरै फैलिएका प्रान्तहरुमा होत आल्प्स, आल्प्स मारिटिम, आर्देन, दोउब, जुरा, ओत मार्न, मुर्थे ए मोसेल, मुउज, ओत साओन, भोज्स, बेलफअ, मोसेल, नियभ्र, साओन र ल्वार हुन् । यी सबै समुद्री तट र पहाडी तथा हिमाली क्षेत्र हुन् । क्रिसमस र नयाँ वर्षको छुट्टि मनाउने पर्यटकहरुको भीड लागेकाले कोरोना भाइरस ज्यादा फैलिएको फ्रान्सेली अधिकारीहरुको भनाइ छ ।

    फ्रान्समा भाइरस फैलिने क्रम जारी छ । यो विभिन्न प्रान्त र क्षेत्रहरु बीचको असमानताको कारणले हो,’ गाब्रियल अत्तलले भने । सम्बन्धित विभागहरुको सूची एक हप्तामा संशोधित हुने उनले उल्लेख गरेका छन् । यदि कुन प्रदेशमा स्थिति बिग्रियो भने तत्कालै आवश्यक निर्णय लिइने उनले बताएका छन् ।

    प्रवक्ताका अनुसार हालको संशोधित कर्फ्यू तोकिएका क्षेत्रहरुमा समान रूपमा लागू हुनेछ । सहर र ग्रामीण क्षेत्रको बिचमा कुनै भेदभाव गरिने छैन । घरबाट अत्यावश्यक काममा हिँड्नेहरुले स्वीकृति पत्र लिएर हिँड्नुपर्ने नियम बनाइएको छ ।

    फ्रान्समा हाल प्रत्येक दिन कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार १९ हजारमा कोरोना संक्रमित नयाँ बिरामी फेला परेका छन् । हालसम्म फ्रान्समा करिब २६ लाख ४० हजारमा कोरोना देखिएको छ भने मृत्यु हुनेको संख्या ६४ हजार चार सय ६५ पुगिसकेको छ । संक्रमित मध्ये २४ हजार दुई सय ६३ जना अस्पतालमै छन् ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...