News Portal

मन्त्री प्रभु साह सवार गाडीले एक युवकलाई ठक्कर दिएर फरार

हिमालीसंचार संवाददाता
४९७ पटक

सर्लाही – शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको छ। आफैँ सवार गाडीले पैदल हिडिरहेका सर्वसाधारणलाई ठक्कर दिएपनि उद्धार नगरि हुइँक्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। घाइते युवक लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ रहेको प्रहरीले जनाएको छ।

मन्त्री साहको गाडी जलेश्वर जाँदै गर्दा मध्यान्न तामाङलाई ठक्कर दिएको हो। तामाङलाई बाटो काट्दै गर्दा ठक्कर दिएको प्रहरीको भनाइ छ। घाइते तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनको हाल हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको बताइएको छ। प्रहरीको अनुसार ठक्कर दिएको मन्त्रीको गाडी भएको पुष्टि भएको छ। यद्यपि गाडी कहाँ छ भन्नेबारे पत्तो लगाउन नसकिएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...