News Portal

रंगेली कानेपोखरी सडक निर्माणकार्य सम्पन्न

हिमालीसंचार संवाददाता
३३६ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडककाे कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले सिमावर्ति देखि रंगेली हुदै कानेपाेखरी सम्म २५.४ किलोमिटरमा कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । उक्त सडक ११ मिटर चाैडाई कालाेपत्रे फुटपात २ मिटर र नाला डेर मिटर  पुटपात निर्माण सम्पन्न भएको छ ।

भने रेलिङ समेत निर्माण गरिने भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले २०७४ असार ६ गते कामको जिम्मा पाएको र २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काेराेना भाईरस र लकडाउनका कारण भने समयमै काम सम्पन्न गर्ने नसकिएकाे र उक्त सडक २५.४ किलोमिटर रहेको छ ।

सडक निर्माण सम्पन्न गर्नेका लागि कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माण सम्पन्न भएको प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए । रंगेली कानेपाेखरी सडक निर्माण सम्पन्न भए पछि बिराटनगर , कानेपाेखरी, पथरी ,उर्लाबारी र दमक, जनाका लागि सर्वसाधारणहरुले साेहि बाटाे प्रयोग गर्ने गरेका छन ।

भने पुर्वका स्थानीयलाई राजधानी जानू परेमा बेलवारी , ईटहरी र दुहबी नभईकन छाेटाे बाटाे भएको हुनाले साेहि बाटाे प्रयोग गर्ने गरेको र रंग उडेकाे रंगेलीमा अहिले भने रंग भरिन थालेकाे स्थानीयले नन्द किशाेर राजवंशीले बताए । बर्षाे देखि घुलाे र हिलाेमा रहेका स्थानीय बासिले अहिले सडक कालाेपत्रे भए पछि खुशीले दङ्ग समेत परेका छन ।

नेपाल सरकारले रंगेली कानेपाेखरी सडकमा एक सय फुटकाे मुवाबजाद बितरण गरेता पनि रंगेली नगरपालिकाले भने ६५ फुटमा मात्रै सडक निर्माण गरेकाे र ३५ फुट भित्र स्थानीयले घर टहरा बनाएकाे भएता पनि नगरपालिकाले बेवास्ता समेत गरेको र अहिले नै सडक साधुराे देखिन समेत थालेको स्थानीय बेदमणि घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...