News Portal

प्रधानमन्त्रीलाई ज्ञापानपत्र बुझाउन गएका निर्मलाका आमाबुबालाई नेकपाका नेताले गरे अपमानजनक व्यबहार

हिमाली संचार संवाददाता
१०१५ पटक

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

नेकपा नेताको अपमानजनक व्यवहार

लगतै अधिकारकर्मीहरुले बोले । उनीहरुले प्रधानमन्त्री स्वयंलाई गलत रिपोर्टिङ भएको बताएका थिए । तर, बाजुराका पूर्वसांसद एवं नेकपाका नेता कर्ण थापाले प्रधानमन्त्रीकै अगाडि अपमानजनक व्यवहार गरेको उनीहरुको गुनासो छ ।

‘तपाईंहरु बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हामीलाई अपमान गर्नुभयो,’ अधिकारकर्मी भारती चौधरीले भनिन् ।

ढाकछोप गर्न खोजेको छैनः प्रधानमन्त्री ओली

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’ अनलाइनखबर

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...