News Portal

प्रधानमन्त्रीलाई ज्ञापानपत्र बुझाउन गएका निर्मलाका आमाबुबालाई नेकपाका नेताले गरे अपमानजनक व्यबहार

हिमाली संचार संवाददाता
९५६ पटक

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

नेकपा नेताको अपमानजनक व्यवहार

लगतै अधिकारकर्मीहरुले बोले । उनीहरुले प्रधानमन्त्री स्वयंलाई गलत रिपोर्टिङ भएको बताएका थिए । तर, बाजुराका पूर्वसांसद एवं नेकपाका नेता कर्ण थापाले प्रधानमन्त्रीकै अगाडि अपमानजनक व्यवहार गरेको उनीहरुको गुनासो छ ।

‘तपाईंहरु बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हामीलाई अपमान गर्नुभयो,’ अधिकारकर्मी भारती चौधरीले भनिन् ।

ढाकछोप गर्न खोजेको छैनः प्रधानमन्त्री ओली

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’ अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...