News Portal

साकेला साहित्य महोत्सव कविता प्रतियोगितामा बिमन किराती भए प्रथम

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाडौँ – उधौली साकेलाको अवसरमा आयोजित “साकेला साहित्य महोत्सव” कविता प्रतियोगितामा हाल जापानमा रहेका कवि बिमन किराती प्रथम भएका छन्। किरात राई लेखक संघले अनलाइनमार्फत् महोत्सवको आयोजना गरेको हो।

त्यसैगरी सिन्धुपाल्चोकका कवि सबु किरण दोस्रो, दक्षिण कोरियामा रहेका शकुन आाशु तेस्रो भएका छन्। त्यस्तै खोटाङका प्रयास दुमी राई, सोलुखुम्बुका देव समीप र मोरङका योङहाङ प्रदिप लिम्बुले सान्त्वना पुरस्कार पाएका छन्।

विजयी कविहरूलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र ५/५ हजार रुपैया तथा चादीको मेडल, पुस्तक उपहार, प्रमाणपत्र प्रदान गरिने संघका उपाध्यक्ष बलिराज खम्बुले जनाएका छन्।

दुई दिने महेत्सवमा कवि भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरूको भूमिका’, भोगीराज चाम्लिङले ‘साकेलाको गरिमा’ र प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयबारे चर्चा गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...