News Portal

स्थानीय तहमा पनि देखियो नेकपामा गुटको प्रवाह

हिमालीसंचार संवाददाता
६१३ पटक

हेटौंडा – संसद विघटनपछि चुलिएको नेकपाको विवादको असर मकवानपुरका स्थानीय तहमा पनि देखिएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेसँगै पालिकामा समेत गुट देखिन थालेको हो।

प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएपछि मकवानपुरका स्थानीय तहका केही प्रमुखहरुले आफँले विश्वास गरेका र आफ्ना चाहनाका नेताहरुको पक्ष खुलेर भनेका छन् भने कतिपय नेताहरु गुटको बैठक बस्ने र दिनभर गुटको भेलामा सहभागी भए पनि आफँले कुनै प्रतिक्रिया नदिने बताएका छन्।

हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले नेकपा विवादको विषयमा आफँले कुनै प्रतिक्रिया नदिने बताउनुभयो। थाहानगर मेयर लवशेर बिष्टले पनि आफँले प्रतिक्रिया दिएर केही नहुने र आफँ यस विषयमा बोल्न नचाहेको बताउनुभयो।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले भने खुलेर प्रतिक्रिया दिनुभएको छ। अध्यक्ष घलानले बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सही भएको बताउनुभयो। ओली सरकार पार्टीसँग छलफल नगरी एकलौटीढंगले अगाडि बढेको उहाँको दाबी छ। पार्टीबाट जितेर गइसकेपछि पार्टीसँग छलफल गर्नुपर्ने उहाँको धारणा छ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले अविश्वासको प्रस्ताव सही भएको बताउनुभयो। ओली सरकारले संविधानमा नभएको कुरा गरेका कारण नै यो सबै भएको उहाँले बताउनुभयो। ‘पदमा बसेर काम गरेपछि एकलौटी शासन गरिएकाले अविश्वास प्रस्ताव सही छ,’ उहाँको भनाइ छ।

कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले राष्ट्रिय राजनीति तरंगको रुपले हेर्दा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव स्वभाविक रहेको बताउनुभयो तर, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले भने मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव सिंगो मकवानपुरे जनताका लागि दुर्भाग्यको विषय रहेको टिप्पणी गर्नुभयो।

मकवानपुरमा धेरै नेताहरु जन्मिए पनि ऐतिहासिक हिसाबले विकासको काममा मुख्यमन्त्री पौडेलको ठँलो योगदान रहेको उहाँको कथन छ। मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालदेखि गौरीटार रगंशाला, विद्यालय, भीमफेदी–काठमाडौं सडक, १४ नम्बर वडाका औद्योगिक क्षेत्रको विकास अगाडि बढाएको उहाँको बुझाइ छ।

अध्यक्ष लामाले अर्को सरकारको विकास भए पनि पौडेलजस्तो नेता नभेटिने बताउनुभयो। मुख्यमन्त्री पौडेलले कुनै नेताले गर्न नसक्ने काम गरेको अध्यक्ष लामाले दाबी गर्नुभएको छ। मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले अविश्वासको प्रस्ताव एकदम गलत भएको बताउनुभयो।

उहाँले आफ्नै घरमा आफैंले आगो लगाइएको भन्दै आफँलाई यस विषय चित्त नबुझेको उल्लेख गर्नुभयो। अध्यक्ष उपे्रतीले आफ्नै पार्टीका नेताहरुले यस्तो गर्नु दुःखको विषय भएको बताउनुभयो। गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव के कारणले आएको आफँलाई केही जानकारी नभएको भन्दै केही प्रतिक्रिया दिन चाहनुभएन।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशमा सत्ताको जोडघटाउ सुरु भएको छ। तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गरेका पौडेलविरुद्ध सत्तारुढ नेकपाभित्रको विवाद फुटतर्फ अग्रसर हुँदै गर्दा दाहाल–नेपाल पक्षबाट अविश्वास प्रस्ताव दर्ता भएको हो।

अब प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वास प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ आबश्यक देखिएको छ। मुख्यमन्त्रीको पक्षमा ३४ मत छ। मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समँहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

पौडेललाई अब प्रदेश सरकार टिकाउन आबश्यक थप २२ मत कांग्रेससँग छ। यद्यपि, कांग्रेसले हालसम्म ठोस निर्णय लिन सकेको छैन। यसका लागि समन्वयको जिम्मा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...