News Portal

  • स्थानीय तहमा पनि देखियो नेकपामा गुटको प्रवाह

    हिमालीसंचार संवाददाता
    ५३४ पटक

    हेटौंडा – संसद विघटनपछि चुलिएको नेकपाको विवादको असर मकवानपुरका स्थानीय तहमा पनि देखिएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८० मध्ये ४५ सांसदले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेसँगै पालिकामा समेत गुट देखिन थालेको हो।

    प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएपछि मकवानपुरका स्थानीय तहका केही प्रमुखहरुले आफँले विश्वास गरेका र आफ्ना चाहनाका नेताहरुको पक्ष खुलेर भनेका छन् भने कतिपय नेताहरु गुटको बैठक बस्ने र दिनभर गुटको भेलामा सहभागी भए पनि आफँले कुनै प्रतिक्रिया नदिने बताएका छन्।

    हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले नेकपा विवादको विषयमा आफँले कुनै प्रतिक्रिया नदिने बताउनुभयो। थाहानगर मेयर लवशेर बिष्टले पनि आफँले प्रतिक्रिया दिएर केही नहुने र आफँ यस विषयमा बोल्न नचाहेको बताउनुभयो।

    बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले भने खुलेर प्रतिक्रिया दिनुभएको छ। अध्यक्ष घलानले बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सही भएको बताउनुभयो। ओली सरकार पार्टीसँग छलफल नगरी एकलौटीढंगले अगाडि बढेको उहाँको दाबी छ। पार्टीबाट जितेर गइसकेपछि पार्टीसँग छलफल गर्नुपर्ने उहाँको धारणा छ।

    इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले अविश्वासको प्रस्ताव सही भएको बताउनुभयो। ओली सरकारले संविधानमा नभएको कुरा गरेका कारण नै यो सबै भएको उहाँले बताउनुभयो। ‘पदमा बसेर काम गरेपछि एकलौटी शासन गरिएकाले अविश्वास प्रस्ताव सही छ,’ उहाँको भनाइ छ।

    कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले राष्ट्रिय राजनीति तरंगको रुपले हेर्दा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव स्वभाविक रहेको बताउनुभयो तर, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले भने मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव सिंगो मकवानपुरे जनताका लागि दुर्भाग्यको विषय रहेको टिप्पणी गर्नुभयो।

    मकवानपुरमा धेरै नेताहरु जन्मिए पनि ऐतिहासिक हिसाबले विकासको काममा मुख्यमन्त्री पौडेलको ठँलो योगदान रहेको उहाँको कथन छ। मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालदेखि गौरीटार रगंशाला, विद्यालय, भीमफेदी–काठमाडौं सडक, १४ नम्बर वडाका औद्योगिक क्षेत्रको विकास अगाडि बढाएको उहाँको बुझाइ छ।

    अध्यक्ष लामाले अर्को सरकारको विकास भए पनि पौडेलजस्तो नेता नभेटिने बताउनुभयो। मुख्यमन्त्री पौडेलले कुनै नेताले गर्न नसक्ने काम गरेको अध्यक्ष लामाले दाबी गर्नुभएको छ। मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले अविश्वासको प्रस्ताव एकदम गलत भएको बताउनुभयो।

    उहाँले आफ्नै घरमा आफैंले आगो लगाइएको भन्दै आफँलाई यस विषय चित्त नबुझेको उल्लेख गर्नुभयो। अध्यक्ष उपे्रतीले आफ्नै पार्टीका नेताहरुले यस्तो गर्नु दुःखको विषय भएको बताउनुभयो। गढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव के कारणले आएको आफँलाई केही जानकारी नभएको भन्दै केही प्रतिक्रिया दिन चाहनुभएन।

    मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशमा सत्ताको जोडघटाउ सुरु भएको छ। तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गरेका पौडेलविरुद्ध सत्तारुढ नेकपाभित्रको विवाद फुटतर्फ अग्रसर हुँदै गर्दा दाहाल–नेपाल पक्षबाट अविश्वास प्रस्ताव दर्ता भएको हो।

    अब प्रदेशमा नयाँ सरकार गठन गर्न वा अविश्वास प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ आबश्यक देखिएको छ। मुख्यमन्त्रीको पक्षमा ३४ मत छ। मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समँहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

    पौडेललाई अब प्रदेश सरकार टिकाउन आबश्यक थप २२ मत कांग्रेससँग छ। यद्यपि, कांग्रेसले हालसम्म ठोस निर्णय लिन सकेको छैन। यसका लागि समन्वयको जिम्मा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...