News Portal

  • ओलीलाई अर्को झड्का, साथ छाड्नेमा शेरबहादुर पनि थपिए

    हिमालीसंचार संवाददाता
    ३८० पटक

    काठमाडौं  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेसँगै नेताहरुको समूह परिवर्तन गर्ने सिलसिला जारी छ । प्रचण्ड–माधव नेपाल पक्षले केपी ओलीलाई कारबाही गर्ने छनक दिएसँगै मंगलबार बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले ११९९ सदस्सीय केन्द्रीय समिति बनाउने निर्णय गर्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप पनि गर्यो ।

    तर, केन्द्रीय सदस्य मनोनयनमा परेकामध्ये हालसम्म डेढ दर्जनको हाराहारीका नेताले सो पद अस्वीकार गरिसकेका छन् । यस्तै यसअघि ओली समूहको बैठकमा सहभागी भएका केही नेताले पनि क्याम्प परिवर्तन गर्दै धमाधम प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन् । 

    जसमध्ये नेकपा सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले प्रचण्ड–नेपाल पक्षमा फर्किएको घोषणा गरेका छन् । यसअघि ओली पक्षको बैठकमा सहभागी भएका तामाङले बिहीबार बस्ने प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सो समूहलाई साथ दिने बताएका छन् । 

    तामाङले प्रतिगमनकारी कदमलाई साथ दिन नसक्ने भएकाले आफूले कित्ता परिवर्तन गर्नुपरेको बताए । ‘अहिलेको अवस्थामा प्रतिगमनलाई साथ दिन उचित लागेन । हामी भनेको अग्रगमनकै पक्षपाती हौँ’, रातोपाटीसँग कुरा गर्दै तामाङले भने, ‘एजेण्डा मुख्य कुरा हो ।’

    राजनीतिमा सवैभन्दा ठुलो कुरा मनोविज्ञान हुने भन्दै उनले जुन मनोविज्ञानमा रहेर आफूले काम गरेको हो वा राजनीति गरेको हो त्यो मनोविज्ञानबाट छुट्टिने परिस्थति नरहेको बताए । ‘जुन मनोविज्ञानमा रहेर मैले राजनीति गर्दै आएको थिएँ । त्यो अहिले पनि कायमै छ । त्यो मनोविज्ञानबाट छुट्टिएर हिँड्न मलाई मेरो मनोविज्ञानले दिएन’, तामाङको भनाइ छ । उनले सवै नेताप्रति आफ्नो आदरभाव रहेको भन्दै अन्ततः सवै नेता एकै ठाउँमा उभिएर पार्टी एकताको

    विकल्प नभएको बताए । तामाङ, ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा सहभागी भएका थिए । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठकमा आफू सहभागी हुने तामाङले रातोपाटीलाई बताए । 

    तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्: तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए । २०७४ को चुनावपछि ओली  सरकारमा कानुनमन्त्री बनेका तामाङ बंगलादेश प्रकरणमा विवादमा तानिएपछि राजीनामा दिएका थिए ।

    यसैवीच प्रदेश १ की प्रदेश सभा सदस्य उषाकला राईले पनि ओली पक्षको केन्द्रीय सदस्य अस्वीकार गरेकी छन् । राईले बिहीबार केन्द्रीय सदस्य पद अस्वीकार गरेको भन्दै ओली समूहमा नरहेको प्रस्ट पारेकी छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...