News Portal

हङकङ सरकारले २ करोड २५ लाख जोड कोरोना विरुद्धको खोप खरिद गर्यो

हिमालीसंचार संवाददाता
४९५ पटक

युवा राई/ हङकङ – हङकङ कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा आज हङकङ सरकारले २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गरेको बताएकी छिन्।

हङकङ सरकारले पहिलो चरणमा ७० लाख ५० हजार थान भ्याक्सिन चाइना साइनोभ्याक बायोटेक लिमिटेडबाट र ७० लाख ५० हजार थान भ्याक्सिन फुसान फार्मा वायोएन्टेक कम्पनीबाट खरिद गरेको हो। 

अहिले अक्सफोर्ड युनिभर्सिटीसंग सहकार्य गरेको तेस्रो फार्मेसिटिकल कम्पनी अस्ट्राजेनेकाबाट ७० लाख ५० हजार थान भ्याक्सिन खरिद गरेको छ। यी तिनै कम्पनीबाट खरिद गरेको भ्याक्सिन जोड्दा २ करोड २५ लाख डोज कोरोना विरुद्धको भ्याकसिन खरिद गरेको हो।

हङकङको जनसंख्यालाई यति संख्याको भ्याक्सिनले पुग्ने छ। यो भ्याक्सिनलाई आपत्कालमा प्रयोगमा ल्याउनको लागि रोग निवारण तथा नियन्त्रण अध्यादेश अंतर्गत नयाँ संशोधन विनियम बनाइ कार्यकारी परिषदले अनुमोदन गरेको छ। यो विनियमको अवधि एक वर्ष सम्म रहने छ।

अहिलेको संशोधित अध्यादेशले खाद्य तथा स्वास्थ्य सचिव शोफिया चानको क्षेत्र अधिकार थप बलियो बनाएको छ। त्यस्तै, पछिल्लो धटना क्रमले गर्दा बाहिरबाट हङकङ प्रवेश गर्नेका लागि क्वारेन्टाइन अवधि २८ दिन सम्म पुर्याउनु सक्ने अधिकार समेत प्रदान गरेको छ।

युकेबाट हङकङ प्रवेश गर्ने प्रत्येक यात्रुका लागि क्वारेन्टाइनको अवधि १४ बाट बढाएर २१ दिन बनाइएको छ। त्यस्तै कुन भ्याक्सिन लाउने हो त्यो चुन्ने अधिकार नागरिकलाई दिइएको छ भन्ने कुरा राज्य प्रमुख लामले स्पष्ट पारेकी हुन्। 

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...