News Portal

हङकङ सरकारले २ करोड २५ लाख जोड कोरोना विरुद्धको खोप खरिद गर्यो

हिमालीसंचार संवाददाता
४५२ पटक

युवा राई/ हङकङ – हङकङ कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा आज हङकङ सरकारले २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गरेको बताएकी छिन्।

हङकङ सरकारले पहिलो चरणमा ७० लाख ५० हजार थान भ्याक्सिन चाइना साइनोभ्याक बायोटेक लिमिटेडबाट र ७० लाख ५० हजार थान भ्याक्सिन फुसान फार्मा वायोएन्टेक कम्पनीबाट खरिद गरेको हो। 

अहिले अक्सफोर्ड युनिभर्सिटीसंग सहकार्य गरेको तेस्रो फार्मेसिटिकल कम्पनी अस्ट्राजेनेकाबाट ७० लाख ५० हजार थान भ्याक्सिन खरिद गरेको छ। यी तिनै कम्पनीबाट खरिद गरेको भ्याक्सिन जोड्दा २ करोड २५ लाख डोज कोरोना विरुद्धको भ्याकसिन खरिद गरेको हो।

हङकङको जनसंख्यालाई यति संख्याको भ्याक्सिनले पुग्ने छ। यो भ्याक्सिनलाई आपत्कालमा प्रयोगमा ल्याउनको लागि रोग निवारण तथा नियन्त्रण अध्यादेश अंतर्गत नयाँ संशोधन विनियम बनाइ कार्यकारी परिषदले अनुमोदन गरेको छ। यो विनियमको अवधि एक वर्ष सम्म रहने छ।

अहिलेको संशोधित अध्यादेशले खाद्य तथा स्वास्थ्य सचिव शोफिया चानको क्षेत्र अधिकार थप बलियो बनाएको छ। त्यस्तै, पछिल्लो धटना क्रमले गर्दा बाहिरबाट हङकङ प्रवेश गर्नेका लागि क्वारेन्टाइन अवधि २८ दिन सम्म पुर्याउनु सक्ने अधिकार समेत प्रदान गरेको छ।

युकेबाट हङकङ प्रवेश गर्ने प्रत्येक यात्रुका लागि क्वारेन्टाइनको अवधि १४ बाट बढाएर २१ दिन बनाइएको छ। त्यस्तै कुन भ्याक्सिन लाउने हो त्यो चुन्ने अधिकार नागरिकलाई दिइएको छ भन्ने कुरा राज्य प्रमुख लामले स्पष्ट पारेकी हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...