News Portal

मोरङको सुनवर्सि नगरपालिकाले सिपमुलक तालिमलाई निरन्तरता दियो

हिमालीसंचार संवाददाता
३६७ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको हाम्रो लक्ष्य सीपयुक्त  जनशिल उत्पादन भन्ने मुल नाराका साथ  सुनवर्सिमा छोटो अवधिको सिपमुलक तालिमको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।

मोरङको सुनवर्सि नगरपालिकाले विगत बर्षदेखि नगरभित्र  छरिएर रहेका बेरोजगार युवा, युवती तथा महिलाहरुलाई  उद्धम बनाउनका लागि नगरले महिलाहरुका लागि २० वटा सिलाई मेसिन खरिद गरेर महिलाहरुलाई सिलाई कटिङको तालिम संचालन गर्दे आईरहेता पनि पछिल्लो समयमा युवाहरुलाई समेत सक्षम र सबल बनाउने उद्घेश्यले पछिल्लो समयमा  प्याकिङ, बैलडिङ्ग तथा गृल र मोटर साईकल ममत तालिमको सुचारू गरेको छ।

नगरपालिकाले बिधिवत रुपमा एक कार्यक्रमको आयोजना गरेर  उक्त कुराको जानकारी गराएको छ। कार्यक्रममा नगरपालिकाको मेयर काली प्रसाद दास, उपमेयर मन्जु राई, कार्यकारी अधिकृत, वडाअध्यक्ष, सिप विकास प्रशिक्षाण तथा विक्री केन्द्रका  व्यवस्थापक प्रमु नाथ झा, स्थानीय, बुद्धिजीवीहरुको समेत सहभागीता रहेको थियो। कार्यक्रमको अथितिहरुले भने  नगरपालिकाले नगरकाको विकास तथा बेरोजगार रहेका युवाहरुलाई सबल बनाउन यस्तो कार्यक्रम ल्याएको र तालिमबाट सीप सिकेपछि  त्यसलाई निरन्तरता दिए पछि मात्रै नगरको बजेटको सदुपयोग हुने विश्वास राखेका छन ।

नगरपालिका भित्रका मात्रै नभए र छिमेकी नगरपालिकाको युवाहरुले समेत सीप सिक्नका लागि सहयोग गरिने बताएका छन। उक्त कार्यक्रम नगरपालिकाको प्रांगणमा गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...