News Portal

किराती हामी !

हर्कजंग किराँती “यात्री”
८७७ पटक

प्राचिन,पौराणिक किरात सभ्यातामा हुर्किदै
शिकार खेल्दै कन्दमुल खादै बाँचेको हामी
प्राकृतीक ढुंगे युगदेखि जीवन दर्शन कोर्दै
यथार्थबाद र आध्यत्माबाद अगालेको हामी ।

जंगल र ओडारमा बस्दै
झुपडि र घरको आबिस्कार गर्ने हामी ।
रुखको बोक्रा पातपतिङ्गार ओड्दै
कपडा तानबुन्ने सिप सृजना गर्ने हामी ।

भस्मे, पाखा पखेरु फोरी बस्न योग्य बनाउदै
यो धर्तीमा खेती गर्न शुरु गर्ने हामी ।
भूमि, प्रकृती र पितृको पुजा गर्दै ॠतुहरुलाई
उधौली र उभौली चार्ड मनाउने हामी।

किराँत सभ्यता र पहिचान झल्काउदै
प्राचिन देखि वैज्ञानिक युगमा हामी ।
पुर्खाको बिरसत र रगतकै
जिबित शिकारी नाती नातिनी हामी ।
भूमिपुत्र हामी ! मुलबासी हामी !

कवि: हर्कजङ किराती “यात्री”

पूर्वअध्यक्ष किरात राई यायोक्खा शाखा युएई 

प्रतिकृया दिनुहोस्

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...