आज : २०२६-०७-२६, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानमा चरा ठोक्कियो

काठमाडौं– काठमाडौंबाट विराटनगरतर्फ जानेक्रममा सौर्य एयरलाइन्सको विमानमा चरा ठाक्किएको छ ।

सोमबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडे लगत्तै चरा ठोक्किएको हो ।

चरा ठोक्किएपछि विमानका वायाँ पंखामा  सामान्य क्षति भएको जनइएको छ । चरा ठोक्किएपनि विमान विराटनगर पुगेर अवतरण भएको थियो ।

९ एन ए एम ई कल साइनको सो विमानमा ४ जना चालकसहित ४८ यात्रु सवार थिए । चरा ठोक्किएर पंखामा क्षति पुगेपछि विमान ग्राउन्डेड भएको छ ।