News Portal

  • उद्धारको पर्खाइमा छटपटाइरहेका घाइतेलाई छल्दै हुइँकिए मुख्यमन्त्री राई

    हिमालीसंचार संवाददाता
    १०५९ पटक

    मोरङ – पूर्वपश्चिम राजमार्ग मोरङको बेलबारी नगरपालिका-४ स्थित हल्लुड चोक नजिकै साँझको ४ बजे सवारी दुर्घटनामा परेका २ जना सडकमा लम्पसार परेका थिए। दुर्घटनामा परेका व्यक्तिलाई छल्दै, लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका सवारी साधन साइरन बजाउँदै हुइँकियो।

    उद्धारको पर्खाइमा रहेका घाइते, प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिरहेका यात्रुहरूले साइरन बजेको सुनेपछि एम्बुलेन्स आयो भनेर सन्तोक मानेका थिए। साइरन बजाउँदै आएको गाडी त प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको रहेछ।

    उद्धारको पर्खाइमा सडकमा छटपटाइरहेका घाइतेलाई छल्दै मुख्यमन्त्रीको गाडी बेतोडले हुइँकियो। अगाडी जनपथ, पछाडी सशस्त्र प्रहरीको गाडी र बीचमा मुख्यमन्त्री सवार गाडी थियो। तीनवटै गाडीले सडकमा अलपत्र परेका घाइतेलाई बेवास्ता गर्दै हिँडे।

    झापाको कार्यक्रमबाट फर्किंदै गरेका मुख्यमन्त्री राई घाइतेलाई अलपत्र छाडेर, साइरन बजाउँदै गएको करिब १० मिनेटपछि मात्र उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो। तर, यतिञ्जेलसम्म ढिलाइ भइसकेको थियो। घरबाट बजारतर्फ निस्कने क्रममा को३५ प. ५९७५ नम्बरको स्कुटरमा पूर्व-पश्चिम राजमार्ग पार गर्दै थिए, ४३ वर्षे अर्जुन खत्री र ६५ वर्षे दुर्गाप्रसाद भण्डारी।

    खत्री र भण्डारी सवार स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च २२४२ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले बताएको छ। उद्धारका लागि प्रहरी घटनास्थल पुग्दा दुवै जनाको अवस्था गम्भीर थियो। प्रहरीले उपचारका लागि घाइतेलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानमा पठायो।

    समयमै उद्धार नहुँदा उपचारका क्रममा घाइते खत्रीको मृत्यु भएको छ। पिकअप भ्यान चालक ३० वर्षीय दिलसिंह राई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रण्मा रहेको प्रहरीले बताएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २६ गतेको राशिफल

    आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

    काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति...

    जेनजीको भर्चुअल बैठकमा बालेनले फोन नउठाए पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन

    काठमाडौं, भदौ २५ – जेनजी पुस्ताले आयोजना गरेको वृहद भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीबारे गम्भीर छलफल...

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...