News Portal

  • प्रचण्ड-बादलको भेट, असंवैधानिक कदमको विरुद्ध एक हुन् आग्रह

    हिमालीसंचार संवाददाता
    ३६४ पटक

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग साथ मागेका छन्। सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोकमा पुगेर प्रचण्डले बादललाई भेटेका थिए। भेटका क्रममा प्रचण्डले नेकपा विभाजनको संघारमा पुगेकाले आफूलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो।

    प्रचण्डले बादलसँग केही मिनेट कुराकानी गरेका थिए। पूर्वमाओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका बादलले आइतबार मन्त्रीबाट राजीनामा नदिएपछि उनी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएको ठानिएको थियो। 

    बादल सोमबार प्रधानमन्त्रीले बोलाएको उनीनिकट सांसदहरूको भेलामा गएका थिएनन्। बरू उनले पुल्चोकमा आफ्नो पूर्वसमूहका नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा बादलले आज साँझसम्म विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन्।

    गृहमंत्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएको नेकपा केन्द्रीय सदस्य दीलिप प्रजापतिले बताए।’अहिले जुन कदम प्रधानमन्त्रीले चाल्नुभएको छ। त्यसको विरोध गर्नुपर्छ भनेर सबैले भनेका छौं। सबैले एक स्वरमा यसको विरुद्धमा जानुपर्छ भनेर भन्नुभएको छ,’ प्रजापतिले भने,’बादल कमरेडले छलफल गरेर म स्टेप चाल्छु भन्नुभएको छ। अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बादलले दिउँसोसम्म छलफल गरेर आफू एउटा निष्कर्षमा पुग्ने भनेको बताए।

    स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेका छन्। ‘हामीले त उहाँलाई राजीनामा दिनुस् भनेका छौं। साँझसम्म अहिलेको कदमको विरूद्धमा बोल्नुहुन्छ,’ छलफलमा सहभागी अर्का एक नेताले भने,’सबै साथीहरूले डटेर सामना गर्नुपर्छ भन्ने छ। नीतिगत हिसाबले विरोधमा छु अहिलेको स्टेप प्रतिगमन हो भनेर भन्नुभएको छ।’

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका थापाले आइतबार प्रचण्ड-माधवकुमार नेपाल पक्षीय मन्त्रीसँगै राजीनामा नदिएपछि उनले कित्ता क्लियर गरेको ठानिएको थियो। सोमबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको आफू पक्षीय सांसदहरूको भेलामा उनी नगएपछि थापाले अब कतातिर उभिन्छन् भन्ने चासो बढेको छ। 

    बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो। उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...