News Portal

प्रचण्ड-बादलको भेट, असंवैधानिक कदमको विरुद्ध एक हुन् आग्रह

हिमालीसंचार संवाददाता
४७९ पटक

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग साथ मागेका छन्। सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोकमा पुगेर प्रचण्डले बादललाई भेटेका थिए। भेटका क्रममा प्रचण्डले नेकपा विभाजनको संघारमा पुगेकाले आफूलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो।

प्रचण्डले बादलसँग केही मिनेट कुराकानी गरेका थिए। पूर्वमाओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका बादलले आइतबार मन्त्रीबाट राजीनामा नदिएपछि उनी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएको ठानिएको थियो। 

बादल सोमबार प्रधानमन्त्रीले बोलाएको उनीनिकट सांसदहरूको भेलामा गएका थिएनन्। बरू उनले पुल्चोकमा आफ्नो पूर्वसमूहका नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा बादलले आज साँझसम्म विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन्।

गृहमंत्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएको नेकपा केन्द्रीय सदस्य दीलिप प्रजापतिले बताए।’अहिले जुन कदम प्रधानमन्त्रीले चाल्नुभएको छ। त्यसको विरोध गर्नुपर्छ भनेर सबैले भनेका छौं। सबैले एक स्वरमा यसको विरुद्धमा जानुपर्छ भनेर भन्नुभएको छ,’ प्रजापतिले भने,’बादल कमरेडले छलफल गरेर म स्टेप चाल्छु भन्नुभएको छ। अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बादलले दिउँसोसम्म छलफल गरेर आफू एउटा निष्कर्षमा पुग्ने भनेको बताए।

स्रोतका अनुसार बादलले प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भनेका छन्। ‘हामीले त उहाँलाई राजीनामा दिनुस् भनेका छौं। साँझसम्म अहिलेको कदमको विरूद्धमा बोल्नुहुन्छ,’ छलफलमा सहभागी अर्का एक नेताले भने,’सबै साथीहरूले डटेर सामना गर्नुपर्छ भन्ने छ। नीतिगत हिसाबले विरोधमा छु अहिलेको स्टेप प्रतिगमन हो भनेर भन्नुभएको छ।’

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका थापाले आइतबार प्रचण्ड-माधवकुमार नेपाल पक्षीय मन्त्रीसँगै राजीनामा नदिएपछि उनले कित्ता क्लियर गरेको ठानिएको थियो। सोमबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको आफू पक्षीय सांसदहरूको भेलामा उनी नगएपछि थापाले अब कतातिर उभिन्छन् भन्ने चासो बढेको छ। 

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो। उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...