News Portal

झापामा पुनः महिलाको हत्या, तालिमप्राप्त कुकुरद्धारा घटनाको अनुसन्धान

हिमालीसंचार संवाददाता
४२९ पटक

झापा – झापा जिल्लामा एकपछि अर्को अपराधिक घटना घटिरहेका छ । आइतबार बिहान बिर्तामोड २ चैतुबारीकी ४२ बर्षीया दिनो राजवंशी हत्या गरिएको अवस्थामा शव भेटिएको छ।

शनिबार बेलुका अन्दाजी ७ बजे श्रीमानलाई खाना पुर्याउन उनी घरबाट हिँडेकी थिइन् । कुखुरा फार्ममा काम गरिरहेका वीरबहादुर राजवंशी राति अबेरसम्म खाना घरबाट नआएपछि घरमा फोन गरेका थिए ।

घरबाट आमाले अघि खाना लिएर हिँडेको बताएपछि मध्यरातसम्म दिनोको खोजी कार्य भएको थियो । तर, दिनो कतै भेटिनन् । ‘मध्यरातसम्म आमाको खोजी गर्दा पनि कतै भेटिनु भएन’ छोरा विशाल राजवंशीले भने । विहान उठ्नसाथ आमाको खोजी गर्ने क्रममा घरबाट करिब ५ सय मिटर पश्चिम खेतमा हत्या गरिएको अवस्थामा शव भेटेको उनले बताए । अनुहारमा चोट लागेको अवस्थामा उनले शव भेटेको उनको भनाई छ । उनले घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।

संघीय प्रहरी इकाई कार्यालय धरानबाट मगाइएको शिकारी कुकुरबाट सो घटनाको अनुसन्धान भइरहेको छ । धरानबाट मगाइएको लैला कुकुरबाट अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताएका छन्। घटनापछि गाउँमा त्रास सिर्जना भएको भन्दै स्थानीयले शान्ति सुरक्षाको प्रबन्धको माग गरेका छन् । उक्त स्थानमा फ्याक्ट्रीहरु भएकाले बाहिरका मान्छेको जमघट गर्ने, मादकपदार्थ सेवन गर्ने जस्ता कार्य हुँदै आएको स्थानीयले बताएका छन् ।

स्थानीयहरुले प्रहरीले गस्ती बढाएर गाउँमा सुरक्षाको प्रत्याभूति दिनु पर्ने उनीहरुले बताएका छन् । त्यस्तै, विर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद संग्रौलाले घटना रहस्यमय भएको बताउँदै घटनाको सत्यतथ्य प्रहरी प्रशासनले बाहिर ल्याउनु पर्ने बताएका छन् ।

यस अघि झापाको मेचीनगरपालिकाको चारआली, कमल गाउँपालिका र गौरादहमा पनि महिलाको विभत्स हत्या भएको थियो । बिगत केही समयदेखि झापामा यस्तै किसिमका हत्याका घटना घट्दै आएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...