News Portal

  • स्थानीय व्यवसायीहरुले सीमा नाका खोल्न माग गर्दै प्रदर्शन

    हिमालीसंचार संवाददाता
    ४१८ पटक

    काँकडभिट्टा — स्थानीय व्यवसायीहरुले नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

    कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले नाका तत्काल खोल्न चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

    हवाइ, शिक्षण संस्था, बजार आदि सबै क्षेत्र खुला हुँदा समेत नाका नखोल्दा समस्या भएको छ,’ झापा ट्राभल संघका अध्यक्ष निरबहादुर कार्कीले भने,‘अझै नाका सुचारु नगरि कडा भन्दा कडा आन्दोलन गर्ने छौं ।’ नाका नखुल्दा सीमावर्ती क्षेत्रमा व्यवसाय गर्ने अधिकांश मारमा परेको कार्कीले जनाए ।

    नाका खुलाउन माग गर्दै बुधबार भएको शान्तिपूर्ण ऱ्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । लगत्तै होटल, यातायात र ट्राभल व्यवसायीहरुको सर्वपक्षीय भेलाले नागरिक स्तरबाट थप आन्दोलन गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले जनाए । ‘होटल, ट्राभल र यातायात व्यवसायीको आन्दोलनलाई नागरिक समाजले ऐक्यबद्धता जनाएको छ,’ श्रेष्ठले भने,‘नाका नखोले आन्दोलन अझै सशक्त बनाउँदै लैजाने छौं ।’

    श्रेष्ठकै संयोजकत्वमा ‘मेचीनगर नागरिक खुला सीमा संघर्ष समिति’ समेत गठन भएको छ । शुक्रबार करिब दुई सय व्यवसायीले नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । परिक्रमापछिको कोण सभालाई होटल व्यवसायी राजु अधिकारी, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष विना तामाङलगायतले सम्बोधन गरेका थिए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...