News Portal

स्थानीय व्यवसायीहरुले सीमा नाका खोल्न माग गर्दै प्रदर्शन

हिमालीसंचार संवाददाता
४६६ पटक

काँकडभिट्टा — स्थानीय व्यवसायीहरुले नेपाल–भारतको सीमा नाका खुलाउन माग गर्दै शुक्रबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमणका कारण विगत ९ महिनादेखि नाका बन्द हुँदा होटल, ट्राभल र यातायात व्यवसायमा क्षति पुगेको भन्दै स्थानीय व्यवसायीले नाका तत्काल खोल्न चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

हवाइ, शिक्षण संस्था, बजार आदि सबै क्षेत्र खुला हुँदा समेत नाका नखोल्दा समस्या भएको छ,’ झापा ट्राभल संघका अध्यक्ष निरबहादुर कार्कीले भने,‘अझै नाका सुचारु नगरि कडा भन्दा कडा आन्दोलन गर्ने छौं ।’ नाका नखुल्दा सीमावर्ती क्षेत्रमा व्यवसाय गर्ने अधिकांश मारमा परेको कार्कीले जनाए ।

नाका खुलाउन माग गर्दै बुधबार भएको शान्तिपूर्ण ऱ्यालीमा प्रहरीले हस्तक्षेप गरेको थियो । लगत्तै होटल, यातायात र ट्राभल व्यवसायीहरुको सर्वपक्षीय भेलाले नागरिक स्तरबाट थप आन्दोलन गर्ने निर्णय गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले जनाए । ‘होटल, ट्राभल र यातायात व्यवसायीको आन्दोलनलाई नागरिक समाजले ऐक्यबद्धता जनाएको छ,’ श्रेष्ठले भने,‘नाका नखोले आन्दोलन अझै सशक्त बनाउँदै लैजाने छौं ।’

श्रेष्ठकै संयोजकत्वमा ‘मेचीनगर नागरिक खुला सीमा संघर्ष समिति’ समेत गठन भएको छ । शुक्रबार करिब दुई सय व्यवसायीले नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । परिक्रमापछिको कोण सभालाई होटल व्यवसायी राजु अधिकारी, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष विना तामाङलगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...