News Portal

  • कर्मचारी फिर्ता पठाएका ३५ स्थानीय तहलाई कारवाही (सुचीसहित)

    हिमालीसंचार संवाददाता
    ४३० पटक

    प्रशन्न पोखरेल,
    काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई हाजिर नगराउने ३५ वटा स्थानीय तहको अनुदान रकम कट्टा गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखालाई हालै पत्राचार गर्दै संघीय मामिलाले कर्मचारीलाई हाजिर नगराएका स्थानीय तहहरूमा अनुदान कट्टा गरिदिन भनेको छ।

    समायोजन भई स्थानीय तहमा गए पनि हाजिर हुन नपाएका कर्मचारीलाई तलब, भत्ता खुवाउन उक्त अनुदान रकम कट्टा गर्न लागिएको मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारीले जानकारी दिए।

    ‘पहिले स्थानीय तहहरूले कर्मचारी चाहियो भने। लोक सेवा आयोगबाट कर्मचारी भर्ना गरेर ती स्थानीय तहमा पठाइयो,’ सहसचिव अधिकारीले भने, ‘विभिन्न बाहना बनाएर कर्मचारीलाई हाजिर गराएनन्, फिर्ता पठाए। त्यसैले अनुदान कट्टा गर्ने निर्णय भएको हो।’

    स्थानीय तहबाट आएको मागका आधारमा मन्त्रालयले लोक सेवालाई पद संख्या उपलब्ध गराएपछि आवेदन खुलाएर परीक्षामार्फत् कर्मचारी राख्ने गरिन्छ। ‘कर्मचारी माग्ने अनि पठाएपछि हाजिर नगराउने ? स्थानीय तहको यो मनलाग्दी रोक्न अनुदान कट्टा गर्न लागिएको छ,’ उनले भने, ‘साउनदेखि चैतसम्मको अनुदान कट्टा गर्ने हो।’

    यो अवधिमा ३५ स्थानीय तहबाट कूल एक करोड ८८ लाख १८ हजार आठ सय रूपैयाँ अनुदान कट्टा गर्न लागिएको छ। स्थानीय तहहरूबाट फिर्ता भएका कर्मचारीका लागि साउनदेखि चैतसम्म आवश्यक पर्ने रकम हाजिर नगराउने तिनै स्थानीय तहहरूबाट कट्टा गरी तलब खुवाउन लागिएको हो।

    फिर्ता भएका कर्मचारीलाई यसबीचमा संघीय मामिलाले नै तलब खुवाएको थियो। मन्त्रालयले अनुदान कट्टा गरी उक्त रकम सोध भर्ना गर्ने तयारी गरेको हो। अनुदान कट्टा गर्नेबारे गत मंसिर १० गतेको मन्त्रिपरिषद बैठकमै निर्णय भइसकेको थियो।

    मंसिर २६ मा मन्त्रालयको सचिवस्तरबाट निर्णय गर्दै कट्टा गर्नुपर्ने विवरण र निर्णय प्रतिलिपीसमेत अर्थ मन्त्रालय पठाइएको छ। ३५ वटा स्थानीय तहमा हाजिर गर्न नपाएर ४५ जना कर्मचारी मन्त्रालयमै फिर्ता भएका थिए। कर्मचारीलाई हाजिर नगराएका स्थानीय तहहरूलाई कारवाही स्वरूप अनुदान कट्टा गरिएको मन्त्रालयको भनाइ छ।

    हेर्नुहोस् अनुदान कट्टा भएका स्थानीय तहहरू:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...